images

शुक्रवार, बैशाख २१ गते २०८१

कोभिडका कारण दुग्ध व्यवसाय धरासायी

कोभिडका कारण दुग्ध व्यवसाय धरासायी

तीन अरबको दुग्धजन्य पदार्थ मौज्दात 

images
images
images
आइतवार, जेठ २ २०७८
आइतवार, जेठ २ २०७८
  • कोभिडका कारण दुग्ध व्यवसाय धरासायी

    बुटवल, २ जेठ ।

    images
    images
    images

    गत वर्ष चैत ११ गतेदेखि सुरु भएको पहिलो चरणको लकडाउन र त्यसयता भएका निषेधाज्ञा लगायतका कारण दुग्ध व्यसाय क्षेत्र अत्यन्तै नराम्ररी प्रभावित भएको छ ।  विश्वभर महामारीका रुपमा फैलिइएको कोभिड–१९ को पहिलो र दोस्रो लहरको संक्रमणका कारण दुग्ध उत्पादक किसान, उद्योगी र व्यवसायी सबै धरासायी बन्ने अवस्था पुगेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

    नेपाल डेरी एशोसियनिका अनुसार अत्यन्तै जोखिम पुर्ण रहेको कोरोना भाईरसको दोस्रो लहरको नयाँ भेरियन्टका कारण दुग्ध जन्य व्यवसायमा पर्न गएको असर कम गर्न, मर्कामा परेका किसान तथा व्यवसायीलाई राहतको व्यवस्था गर्न र लाखौं किसान तथा उद्योगी व्यवसायीहरुको अरबौं लगानी रहेको दुग्ध उत्पादन तथा व्यवसाय क्षेत्रको संरक्षण गर्न विशेष कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।

    एशोसियसनका तर्फबाट पशुपंक्षी विकास मन्त्रालय लगायतका सरोकारवाला निकायलाई पत्र लेख्दै महासचिव प्रल्हाद दाहालले लाखौं मानिसलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी प्रदान गर्न सफल दुग्धजन्य व्यवसाय क्षेत्रको संरक्षणका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् । 

    पत्रमा दुग्ध उत्पादक किसान, उद्योगी र व्यवसायीहरुलाई सहज वातावरणमा आफ्नो काम संचालन गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड र आवश्यक वस्तुहरु उपलब्ध गराउने, दुग्ध क्षेत्रमा प्रत्यक्ष काम काम गर्ने जनशक्तिलाई तत्काल अत्यावश्यक क्षेत्र घोषणा गरी कोभिडविरुद्धको खोपको व्यवस्था गर्ने र अन्य क्षेत्रलाई जस्तै प्राथमिकतामा राखेर राहत ब्यबस्था गर्ने लगाएतका कार्यहरु गर्न माग गरिएको छ ।  

    विगत २०७६ साल चैत्र ११ गतेदेखि कोभिड–१९ को पहिलो लहरमा लकडाउन हुँदा किसानले उत्पादन गरेको दुध उद्योगमा प्रशोधन गरी दुध तथा दुग्धजन्य पदार्थ बजारमा बिक्री नभएको कारण दुधलाई पाउडर बनाई राख्दा ३ अर्ब रकम बराबरको धुलो दुध र बटर हाल मौज्दात रहेको एसोसिएसनले जनाएको छ । यसको सहज र व्यवसायिक खपतका लागि नेपाल डेरी एशोसिएसनले सरोकारवाला निकाय र सबै उपभोक्ता समक्ष आग्रह समेत गरेको छ ।dairy.jpg
        

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij