२०८३, श्रावण १४ गते

Jul 30 2026 | २०८३, श्रावण १४ गते

मलेसिया विश्व बैंकको उच्च आय भएको मुलुकको सूचीमा पर्ने संघारमा : आर्थिक मन्त्री

बिहिवार , श्रावण १४, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौं, १४ साउन । मलेसिया विश्व बैंकले निर्धारण गरेको उच्च आय भएको मुलुकको सूचीमा समावेश हुन आवश्यक मापदण्डको निकै नजिक पुगेको छ ।

    मलेसियाका आर्थिक मामिला मन्त्री अकमल नसरुल्लाह मोहम्मद नासिरले दिनुभएको जानकारीअनुसार मलेसिया उक्त सीमाभन्दा अब मात्र ७.१ प्रतिशतले पछाडि रहेको छ ।

    मन्त्री नासिरले सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको अर्थतन्त्र ५.८ प्रतिशतले विस्तार भएको जानकारी दिनुभयो । यो वृद्धिदर अघिल्लो त्रैमासिकको ५.४ प्रतिशतको तुलनामा बढी हो ।

    ओईसीडी आर्थिक सर्वेक्षणः मलेसिया २०२६ सार्वजनिक गर्ने क्रममा उहाँले वर्तमान आर्थिक गतिशीलतालाई उच्च उत्पादकत्व, गुणस्तरीय रोजगारी र नागरिकको आम्दानी वृद्धिमा रूपान्तरण गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । 

    मन्त्री अकमलले भन्नुभयो, ‘यी उत्साहजनक तथ्याङ्क हुन्, तर निर्धारित मापदण्ड पूरा गर्नु मात्रै हाम्रो अन्तिम उद्देश्य होइन। हाम्रा लागि आर्थिक वृद्धिले नागरिकको पारिश्रमिकमा सुधार, गुणस्तरीय रोजगारीको सिर्जना र क्रयशक्तिमा कत्तिको वृद्धि गर्छ भन्ने कुरा महत्वपूर्ण रहन्छ ।’

    मलेसिया सरकारले सन् २०२६ का लागि आफ्नो आर्थिक वृद्धि दरको प्रक्षेपण ४ देखि ५ प्रतिशत नै कायम राखेको छ । आन्तरिक माग, निजी लगानी र निर्यातका साथै सेमीकन्डक्टर तथा डाटा सेन्टर जस्ता प्रविधिमा आधारित उद्योगहरूले मुलुकको आर्थिक वृद्धिलाई बल पु¥याइरहेको बताइएको छ ।