शुक्रवार , श्रावण १५, २०८३
भैरहवा, १५ साउन । विश्व मानव बेचबिखनविरुद्ध दिवस बिहीबार रुपन्देहीको भैरहवामा पनि मनाइएको छ । माइती नेपाल आवधिक गृह भैरहवाको आयोजनामा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो । सिद्धार्थनगर नगरपालिका–६ स्थित मुन लाईट आवासीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको माइती नेपाल भैरहवाको प्रमुख माया क्षेत्रीले बताउनुभयो ।
कार्यक्रममा मानव बेचबिखन भनेको के हो, कसरी बेचिन्छ, कानूनी व्यवस्था के छ, नेपालमा महिला तथा बालबालिकाको बेचबिखनको स्थिति के कस्तो छ, समस्या र चुनौती कस्ता छन्, मानव तस्करी र मानव बेचबिखनबीचको फरक र अन्तर सम्बन्ध के छ, मानव बेचबिखन तथा ओसारपसारको अवस्था र अवधारणा, मानव बेचबिखन र वैदेशिक रोजगार आप्रवासनबीचका अन्तर सम्बन्धहरु, मानव बेचबिखन र वेश्यावृतिकाबीचमा फरक र अन्तरसम्बन्ध जस्ता विविध विषयमा माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम भट्टराईले यस्ता चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहन माइती नेपाललाई आग्रह गर्नुभयो ।
यसैबीच विश्व मानव बेचबिखनविरुद्ध दिवस सिद्धार्थनगर–१२ स्थित न्यू इरा इङ्लिस बोर्डिङ स्कूल सिद्धार्थनगरमा पनि मनाइएको छ । । माइती नेपाल आवधिक गृह भैरहवाको अयोजनामा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रममा ४० जना विद्यार्थीहरुको सहभागस्ता रहेको थियो । कार्यक्रममा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दीपक सापकोटाले यस्ता चेतनामूलक आगामी दिनमा पनि सञ्चालन गर्न माइती नेपाललाई आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयको संस्थापक प्रिन्सिपल कुन्ती सेन लगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij