२०८३, श्रावण २० गते

Aug 05 2026 | २०८३, श्रावण २० गते

टर्कीको निर्यातमा नयाँ रेकर्ड

बुधवार , श्रावण २०, २०८३

  • 172
    Shares
  • 172
    Shares
  • काठमाडौं, २० साउन । टर्कीले जुलाई महिनामा निर्याततर्फ ऐतिहासिक सफलता हात पारेको छ ।

    टर्कीका व्यापार मन्त्री ओमार बोलाटले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाईमा वस्तु निर्यात २५.६ अर्ब अमेरिकी डलर पुगेको छ, जुन जुलाई महिनाका लागि अहिलेसम्मकै उच्च निर्यात हो ।

    व्यापार मन्त्री बोलाटकाअनुसार जुलाईको निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.९ प्रतिशतले वृद्धि भएको छ । यससँगै जुलाईसम्मको वार्षिक वस्तु निर्यात २७८.६ अर्ब डलर पुगेर नयाँ रेकर्ड कायम भएको छ ।

    सोही अवधिमा सेवातर्फको निर्यात करिव १२२.६ अर्ब डलर हुने अनुमान गरिएको छ । वस्तु र सेवा दुवै गरी टर्कीको कुल वार्षिक निर्यात ४०१.२ अर्ब डलर पुगेको तथ्याङ्कले देखाएको छ ।

    आयाततर्फ भने जुलाईमा ५.२ प्रतिशतको वृद्धि भई ३३.० अर्ब डलर पुगेको छ । यसका कारण टर्कीको वैदेशिक व्यापार घाटा ७.४ अर्ब डलर पुगेको छ, जुन गत वर्षको तुलनामा १४ प्रतिशतले बढी हो ।

    सन् २०२६ को पहिलो सात महिनाको तथ्याङ्क हेर्दा, निर्यात अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशतले बढेर १६१.६ अर्ब डलर पुगेको छ । सोही अवधिमा आयात ४.७ प्रतिशतले बढेर २२२.१ अर्ब डलर पुगेपछि व्यापार घाटा ६०.५ अर्ब डलर कायम भएको छ । यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा ८.२ प्रतिशतले बढी हो ।