बिहिवार , श्रावण २१, २०८३
काभ्रे, २१ साउन २१ काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी भइरहेको छ ।
बुधबार साँझ करिब ६ः३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए ।
बुधबार राति पनि सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले खोजी गरे पनि नभेटिएपछि बिहीबार बिहानैदेखि थप सुरक्षा टोलीसहित सुनकोशीमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । यद्यपी हालसम्म अवस्था अज्ञात नै रहेको बताइएको छ । तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
सशस्त्र प्रहरीले बेपत्ता दम्पतीको ¥यापबोट र ड्रोन क्यामेराबाट खोजी कार्य तीव्ररूपमा जारी राखेको जनाएको छ । साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2026 All right reserved to khabarpatro.com | Site By : sobij