२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

बिरामी र बिरामीका कुरुवाको लागि तातो खाना 

मंगलवार , जेठ ४, २०७८

गोबिन्द प्रसाद गिरी

‘बाचौं बचौं, सुरक्षित भइ समाजसेवा गरौं’ भन्दै लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले कोभिड महामारी फैलिँदै जान थालेपछि जेठ १३ गतेसम्मका लागि रुपन्देही जिल्ला निषेधाज्ञाको अवस्थामा  छ । लकडाउनमा अत्यावश्यकबाहेक होटल तथा रेस्टुरेण्टजन्य सम्पूर्ण गतिविधि बन्द गरिएको छ । यसले एकातिर कोरोना महामारीको ‘चेन ब्रेक’ गर्ने प्रशासनको दावी छ भने अर्कातिर अस्पतालमा भर्ना भएका बिरामी र कुरुवालाई खाना खान र बस्न समस्या छ ।

लुम्बिनी प्रदेशको तथा यस क्षेत्रकै सबैभन्दा बडि ७५० सैया सैया भएको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) पछिल्लो समय कोभिड अस्पतालको रुपमा समेत बिरामीलाई सेवा दिदै आइ हेको छ । अझ भनौ कृटिकल कियर यूनिट (सीसीयू) १ सय बेडसहित आजको मितिमा कोभिडको उपचारसंगै काठमाडौंपछि मोफसलका सेवा दिने सबैभन्दा ठुलो अस्पतालको रुपमा युसीएमएस परिचित छ । तर यहाँ कोभिड बिरामीहरुको पनि उस्तै चाप छ । दैनिक ठूलो संख्यामा कोरोना संक्रमितको संख्या थपिँदै जाँदा अस्पतालका बेडहरु पनि भरिँदै जान थालेका छन् ।

पछिल्लो समय अक्सिजनको पनि उत्तिकै हाहाकार रहेको छ । अस्पतालले पनि सेवाको हात अघि बढाएको सर्वविदितै छ तर अस्पतालकै कोभिड आइसोलेशनमा भर्ना भएका संक्रमित र उनीहरूका कुरुवालाई पनि लिन सकिन्छ, सोही अवस्थालाइ मध्यनजर गर्दै अस्पताल वरपरका होटल तथा रेस्टुरेण्ट पूर्ण रूपमा बन्द भएपछि लायन्स क्लब अफ भैरहवा ग्रीन सिटिले ‘अस्पतालमा रहेका कोभिड तथा अन्य  बिरामीलाई प्याकिङ गरी निःशुल्क रुपमा खाना खुवाउने अभियान सञ्चालन गरिरहेको छ ।Lions Greencity.jpg

क्लबको यस अभियान अन्तर्गत अस्पतालमा भर्ना भएका कोभिड बिरामी, उनीहरूका कुरुवा र आइसोलेशन वार्डमा कार्यरत जो खाना खाने उहाहरुको समस्या छ उहाँहरुलाइ खाना खुलाउने लक्ष्य निरन्तर रहेको छ । ‘कोभिड अस्पतालका अवस्था बुझ्दै जाँदा युसीएमएसमा सबैभन्दा  धेरै बिरामी भर्ना भएको पाइयो । नजिकका होटल, रेष्टुरेण्ट बन्द हुँदा उनीहरू भोकै बस्नुपर्ने स्थिति रै’छ,’ बिरामी र उनीहरूका आफन्तलाई केही भए पनि सहयोग तथा परामर्श होस् भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।’

भर्ना भएका अधिकांश कोभिड संक्रमितको अवस्था गम्भिर छ । कतिपय अक्सिजनकै कारण भर्नाको लागि अस्पताल सोचनीय अवस्थामा पनि रहेको अस्पतालको प्रसाशन दिन रात बिरामीको लागि अक्सिजनकै लागि दौडधुप गरेको देखिन्छ ‘पहिलो चरणमा हामीले आज ८ औं दिनमा यो अभियान चलिरहेको छ । ‘उहाँहरूलाई हामीले प्याकेट शुद्ध शाकाहारी खाना दिने हो । अस्पतालसंग समन्वय गरिसकेका छौं । अस्पतालको प्रांगणमा हामीले खानका लागि खाना लगिसकेपछि बिरामीहरूको आफन्त खाना लिन आउनुहुन्छ, कार्यक्रम संयोजकको भूमिकामा रहेकी संगिता सिंह जि.सी.ले भनिन, ‘भैरहवामा रहेको भीम अस्पतालमा पनि अभियान चलाउनेबारे योजना रहेको  छ, अहिले सरकारी अस्पतालाई नै मुख्य टार्गेटमा राखेका छौं ।’ यहाँ धेरै टाढाका गाउँबाट पनि आउनु भएको रहेछ । उहाँहरूसँग सीमित आर्थिक स्रोत हुने भएकाले भार नपरोस् भन्ने हाम्रो चाहना हो,’ भीम अस्पताललाई पनि टार्गेट गरेका छौं ।’ त्यहाँ पनि अभियान लैजाने योजना छ ग्रिन सिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ता लगायत अन्य क्लबका सदस्यहरुको भनाइ रहेको छ जुन अस्पताल कोभिड अस्पतालमा  बिरामीहरुको चाप दिनानुदिन बढ्दै गएको छ भने अक्सिजन अभाव संगै अस्पतालले पनि नयाँ नेतृत्व पाएको छ । उही नवनियुक्त नेतृत्वलाई अक्सिजन अभावको कारण कोरोना संक्रमितको उपचारमा समस्या भइरहेको हुँदा अलमल नपरी पहिलो कार्ययोजना अक्सिजन लगाउनेबारे सोच्ने अवसर मिलोस् भन्दै लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले नै भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।received_911833943004788 (1).jpeg

क्लबका पधाधिकारीसहितको लायन्सको टोलीले अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष नारायण प्रसाद भण्डारी, मेडिकल सुपरिटेण्डण्ट डा. शकुन्तला गुप्ता, अस्पतालका पूर्व अध्यक्ष हितराज पन्थी, नेकपा एमालेका नेता चोपलाल आचार्य लगायतसंगको छलफलपछि अस्पतालमा मुख्य रुपमा अक्सिजनको अभाव देखिएको भन्दैं उक्त सहयोग गर्ने निर्णय गरेको हो ।
सुरुवात हामी गरौ अन्य संघ–सस्थालाई पनि अपिल गरौं तर गरौ भन्ने उद्देश्य राख्दै उक्त रकम घोषणा अस्पताल प्रशासनलाई थप उर्जाको लागि प्रदान गरिएको थियो ।

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले कोरोना महमारीविरुद्ध सरकारी तथा गैरसरकारी निकायसंग हातेमालो गरेर अगाडी बढ्ने क्रममा उक्त सहयोग गरेको थियो भन । ‘बेड नपाए तापनि कोभिड संक्रमितहरु भुईमा समेत बसेर अक्सिजनको भरमा उपचार गराइरहेको देखेपछि हामीले मानवीय भावले उक्त सहयोग गर्ने निधो गरेका हौं । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी स्थापना कालदेखि विभिन्न मानवीय सेवामा समर्पित रहेको छ ।

(लेखक लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी वर्ष २०२१/२२ का इलेक्ट अध्यक्ष हुन् ।)