२०८३, श्रावण २८ गते

Aug 13 2026 | २०८३, श्रावण २८ गते

सिद्धार्थनगर–४ वडा कार्यालयद्वारा मदरसाका विद्यार्थीलाई पोशाक वितरण

बिहिवार , श्रावण २८, २०८३

  • 337
    Shares
  • 337
    Shares
  • भैरहवा, २८ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले मदरसाका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । बुधबार दोगहरास्थित मदरसा कादरिया मिस्बाहुल ओलुममा अध्ययनरत १४० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बताउनुभयो । प्रत्येक वर्ष मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई वडा कार्यालयले पोशाक उपलब्ध गराउँदै उहाँले जानकारी दिनुभयो ।

    पोशाक वितरण कार्यक्रममा वडा सदस्य हरि बहादुर के.सी., सईद अहमद धुनिया, इन्द्रमती धोबी, मञ्जु कुमारी चौधरी, वडा सचिव धनेशचन्द्र गुरुङलगायतको उपस्थिति रहेको थियो ।