२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

जेसीआई सिद्धार्थद्वारा भीम अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

मंगलवार , जेठ ४, २०७८

भैरहवा, ४ जेठ ।
जेसीआई सिद्धार्थ, नेपालले भैरहवास्थित भीम अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ । ‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ भन्ने नारालाई आत्मसात गर्दै अस्पताललाई मंगलबार १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

‘अहिलेको विषम परिस्थितिमा कोरोना संक्रमितको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पताललाई अक्सिज सिलिण्डर हस्तान्तरण गरेका हौं, ‘’ज्ञवालीले भने । संस्थाले सिलिण्डर भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै अध्यक्ष भण्डारीले जेसीआई सिद्धार्थ नेपालले अत्यन्तै सराहनीय कार्य गरेको बताए । अक्सिजन सिलिण्डर जेसीआई सिद्धार्थका पूर्व अध्यक्ष लेखनाथ भट्टराईले सहजीकरण गर्नुभएको कार्यक्रम संयोजक दिपक सापकोटाले जानकारी दिए ।
आगामी दिनमा अक्सिजन वितरण कार्यक्रमलाई निरन्तरता दिइने जेसीआई सिद्धार्थ वर्ष २०२१ का महासचिव सागर पोखरेलले जानकारी दिए ।