images

मंगलवार, जेठ १ गते २०८१

आम्दाको कोभिड केयर युनिटमा आइसीयूका उपकरण प्रदान

आम्दाको कोभिड केयर युनिटमा आइसीयूका उपकरण प्रदान

images
images
images
मंगलवार, जेठ ४ २०७८
मंगलवार, जेठ ४ २०७८
  • आम्दाको कोभिड केयर युनिटमा आइसीयूका उपकरण प्रदान

    बुटवल, ४ जेठ । 
    बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा स्थापना गर्न लागिएको कोभिड केयर युनिट अन्तरगत आईसीयु वार्ड स्थापना तथा सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आवश्यक मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।

    images
    images
    images

    अस्पताल र संघ दुवै पक्षको सहमति अनुसार मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरि समझदारी पत्र आदानप्रदान समेत गरिएको छ । उक्त समझदारी पत्रमा संघको तर्फबाट अध्यक्ष उज्ज्वलप्रसाद कसजू र साक्षिको रुपमा महासचिव बिमलराज भट्टराई तथा अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्रप्रसाद बस्याल र साक्षिको रुपमा प्रशासकीय प्रमुख ध्रुवप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सोही अनुसार संघले मंगलबार नै ५ थान प्यासेन्ट मोनिटर र ५ थान आईसीयु बेड उपलब्ध गराईएको संघका अध्यक्ष कसजूले जानकारी दिए । संघले करिव ४० लाख रुपैंया बराबरको सामान उपलब्ध गराउने जानकारी गराउँदै अध्यक्ष कसजूले बाँकी ५ थान प्यासेन्ट मोनिटर र ५ थान आइसीयू बेड तत्कालै उपलब्ध हुने बताए । दुई संस्थाबीचको सहमति अनुसार संघले १० थान प्यासेन्ट मोनिटर र १० थान आइसीयू बेड उपलब्ध गराउने छ ।

    त्यसै गरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा. बस्यालले बुटवल उद्योग वाणिज्य संघ, बुटवल उपमहानगरपालिका र आम्दा नेपालको सहकार्यमा स्थापना गरिएको आम्दा अस्पतालमा विगतका दिनमा समेत संघले गरेको सहयोग उल्लेखनीय रहेको भन्दै आभार व्यक्त गरे । उनले संघ, नगरपालिका, आम्दा नेपाल र प्रदेश सरकारको समेत सहयोगमा १ सय शैयाको कोभिड केयर युनिट स्थापना गर्न लागिएको बताउँदै जति चाडो सामानको व्यवस्थापन हुन्छ त्यति चाडो कोभिड केयर युनिट सञ्चालन हुने जानकारी दिए । जसअनुसार २५ बेड आईसीय, २५ बेड एचडीयु (डेडिकेटेड) र ५० बेड जनरल हुनेछन् । 

    दुई पक्षको समझदारी अनुसार अस्पतालमा सञ्चालन हुने कोभिड केयर युनिट अन्तरगत १० शैयाको आइसीयू वार्ड सञ्चालनको लागि आवश्यक पर्ने आइसीयू बेड र प्यासेन्ट मोनिटर संघले उपलब्ध गराउने, अस्पतालमा सञ्चालन हुने कोभिड केयर युनिट लगायत आइसीयू वार्डको भौतिक संरचना, आवश्यक विजुली अक्सिजन आपूर्ति पाइप लगायतका संरचना तथा आवश्यक अन्य उपकरणको व्यवस्था मिलाउने काम अस्पतालले गर्नेछ ।

    त्यसै गरी उक्त आइसीयू वार्डलाई ‘बुटवल उद्योग वाणिज्य संघ आइसीयू वार्ड’ नामाकरण गर्ने तथा त्यस अनुसारको विवरण लेख्ने राख्ने व्यवस्था अस्पतालले मिलाउने, आइसीयू उपकरणहरुको मर्मत सम्भार, आवश्यक कर्मचारीको व्यवस्था तथा नियमित सञ्चालनको सुनिश्चितता गर्ने काम अस्पतालले गर्ने, कोभिड पश्चात पनि अन्य प्रकारका संक्रामक रोग तथा अन्य स्वास्थ्य उपचारको लागि उक्त सेवालाई निर्वाध रुपमा सञ्चालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij