२०८३, भाद्र ७ गते

Aug 23 2026 | २०८३, भाद्र ७ गते

मोहम्मद जयन्तीको अवसरमा रक्तदान

आइतवार , भाद्र ७, २०८३

  • 745
    Shares
  • 745
    Shares
  • भैरहवा, ७ भदौ । मोहम्मद जयन्तीको अवसरमा अहले सुन्नत व जमाअत अन्जुमन इस्लामिया कमिटी सिद्धार्थनगर नगरपालिका–६, रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । 

    नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा शनिबार गल्लामण्डीस्थित संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा २५ जनाले रक्तदान गर्नुभएको सचिव अफजल हुसैनले बताउनुभयो ।

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सकारात्मक सोचका साथ रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आयोजकलाई आग्रह गर्नुभयो ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीले अहले सुन्नत व जमाअत अन्जुमन इस्लामिया कमिटी रक्तदान जस्तो पुण्य काम गरेको बताउनुभयो । 

    अहले सुन्नत व जमाअत अन्जुमन इस्लामिया कमिटीका अध्यक्ष इस्तेहाक अहमद मुसलमानले कार्यक्रममा सहभागी हुने सबैप्रति आभार व्यक्त गर्नुभयो । 

    इस्लाम धर्मावलम्बीले भदौ १० गते इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती (मोहम्मद जयन्ती) मनाउँदैछन् ।