२०८३, भाद्र ७ गते

Aug 23 2026 | २०८३, भाद्र ७ गते

ओमानमा अन्तर-नेपाली टेबल टेनिस प्रतियोगिता सम्पन्न

आइतवार , भाद्र ७, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • शालीकराम आचार्य
    मस्कट (ओमान), ७ भदौ । गैरआवासीय नेपाली सोसल क्लब, ओमान (एनआरएनएससी) को आयोजनामा मस्कटस्थित टीटी एकेडेमीमा अन्तर–नेपाली टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

    नेपाली समुदायमा खेलकुदको विकास, आपसी भाइचारा र स्वस्थ प्रतिष्पर्धाको भावना बढाउने उद्देश्यले आयोजित यप्रतियोगितामा मस्कटमा बसोबास गर्ने २८ जना नेपाली खेलाडीहरूको सहभागीता रहेको थियो ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गौतम श्रेष्ठ च्याम्पियन बन्नुभयो । त्यस्तै विक्रम मिश्र उपविजेता घोषित हुनुभयो । विजेता र उपविजेतालाई नगद पुरस्कारसहित लुलु एक्सचेन्जद्वारा प्रायोजित आकर्षक गिफ्ट ह्याम्पर, प्रमाणपत्र र पदक प्रदान गरिएको थियो ।

    क्लबका अध्यक्ष सुरेश खड्का र पूर्वअध्यक्ष एवं हालका एनआरएन मिडल इस्ट डीआररसी विकल झाले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

    प्रतियोगितालाई सम्पन्न गर्न महत्वपूर्ण सहयोग गरेको भन्दै क्लबका युवा तथा खेलकुद संयोजकसुरज चित्रकारप्रति एनआरएनएससीले आभार व्यक्त गरेको छ । उहाँको सक्रिय समन्वय र निरन्तर प्रयासले कार्यक्रमलाई नेपाली खेलप्रेमी समुदायका लागि स्मरणीय बनाउन मद्दत पुगेको क्लबले जनाएको छ ।

    fef4b272-7c3b-42d7-b89e-f05ab902e1f2.jpg

    क्लबले सम्पूर्ण सहभागी खेलाडी, प्रायोजक, स्वयंसेवक र सहयोगी नेपाली समुदायप्रति धन्यवाद व्यक्त गर्दै यस्ता खेलकुद गतिविधिले समुदायबीच एकता, मित्रता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।