२०८३, भाद्र ८ गते

Aug 24 2026 | २०८३, भाद्र ८ गते

देशभरका पोल्ट्री किसानहरू आन्दोलनमा

सोमवार , भाद्र ८, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • काठमाडौँ, ८ भदौ । पोल्ट्री व्यवसायमा देखिएका समस्या समाधान तथा किसानको लगानी र श्रमको सुरक्षा सुनिश्चित गर्न माग गर्दै देशभरका पोल्ट्री किसानहरू आन्दोलनमा उत्रिएकाछन ।

    आइतबार माइतिघर मण्डलामा प्रदर्शन गर्दै कुखुरापालक किसानहरूले आफ्नो पेशामा भोग्नुपरेका विविध समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै सरकार समक्ष १२ बुँदे माग राखेका छन् ।

    उनिहरु उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने र बजारमा व्याप्त बिचौलियाको एकाधिकार अन्त्य हुनुपर्नेलगायतका मागसहित माइतीघरमा प्रदर्शनमा उत्रिएकाछन । उनिहरुले कुखुराको मुल्य निर्धारण गर्ने अधिकार किसानलाइ नै दिनुपर्ने माग गरेकाछन ।

    किसानको लागत, जोखिम र लगानीलाइ आधार मानी सरकारले कुखुराको न्युनतम समर्थन मुल्य कायम गर्नुपर्ने उनिहरुको भनाइ छ । किसानहरुले बजारमा बिचौलिया र पोल्ट्री स्टोरहरूले ठगी गरिरहेको भन्दै काँटा (तराजु) मा हुने अनियमितता, बिचौलियाका नाममा गरिने कटौती र प्रतिकिलो १० देखि २० रुपैयाँसम्म मूल्य घटाएर किसानलाई लुट्ने प्रवृत्ति तत्काल अन्त्य गर्न माग गरेकाछन । भारतबाट संगठित रूपमा भइरहेको कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गरी नेपाली उत्पादनलाई संरक्षण गर्न किसानले सरकारसँग आग्रह गरेका छन् ।

    किसानहरुले उत्पादन बढी भएको समयमा सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता हटाउन सातै प्रदेशमा सरकारी वा सहकारी माध्यमबाट कुखुरा भण्डारण केन्द्र स्थापना गर्नुपर्ने माग समेत गरेकाछन । किसानहरुले पोल्ट्री व्यवसायमा चल्ला, दाना, औषधि, खोप, विद्युत्, श्रम, पानी, ढुवानी तथा अन्य व्यवस्थापन खर्च निरन्तर बढिरहेको अवस्थामा बजार मूल्य भने स्थिर र सुनिश्चित हुन नसक्दा किसानहरू थप समस्यामा परेको गुनासो गरेकाछन ।

    यस क्षेत्रमा आउने समस्या प्रत्यक्ष रूपमा हजारौँ किसान तथा व्यवसायीको आम्दानीसँग जोडिने भएकाले दीर्घकालीन समाधानका लागि राज्यले ठोस नीति ल्याउनुपर्ने किसानहरूको भनाइ छ।