images
images

बुधवार, जेठ २ गते २०८१

सडक बालबालिकालाई बिस्कुट र चाउचाउ बाड्दै रोनिश 

सडक बालबालिकालाई बिस्कुट र चाउचाउ बाड्दै रोनिश 

images
images
images
मंगलवार, जेठ ४ २०७८
मंगलवार, जेठ ४ २०७८
  • सडक बालबालिकालाई बिस्कुट र चाउचाउ बाड्दै रोनिश 

    बुटवल, ४ जेठ । 
    निषेधाज्ञाका कारण खाना खान नपाएका सडक बालिबालिकालाई बुटवलका युवा उद्यमी रोनिश श्रेष्ठले विस्कुट र चाउचाउ बांडेका छन् । बुटवलका विभिन्न चोक र गल्लीमा समूह-समूहमा भेटिएका करिब ३५ जना सडक बालबालिकालाई प्रति समूह २ कार्टुनका दरले १५ कार्टुन बिस्कुट र चाउचाउ वितरण गरेको श्रेष्ठले बताए । 

    images
    images
    images

    सोमबारदेखि सुरु भएको यो अभियान अझै दुई दिन चल्ने उनले बताए । रोनिशलाई यस कार्यमा काठमाडौंका अहमद डुल्ला र बुटवलका अनिशजंग क्षेत्रीले साथ दिएका छन् । आफुले खाना नै खुवाउन चाहेको भए पनि प्रशासनले अनुमति नदिएका कारण बिस्कुट र चाउचाउ बांडेको श्रेष्ठले बताए । 

    ‘अभिभावक विहीन सडक बालबालिकालाई कसैले पनि वास्ता नगरेको देखेर उनीहरुलाई खाना खुवाउन खाजेको तर प्रशासनले कोरोनाका कारण नदिएपछि बिस्कुट र चाउचाउ भएपनि बांडेको हुँ’–श्रेष्ठले भने–‘ सडक मानवमुक्त क्षेत्र भनिए प्रचार गरे पनि वास्तविकता त्यस्तो छैन, सडकमा थुप्रै बेसहारा र अभिभावकविहीन बालबालिका छन् ।’   

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij