मंगलवार , भाद्र ९, २०८३
काठमाडौँ, ९ भदौ । दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा आएको टाइफुन नाराका कारण उत्पन्न भीषण बाढीपछि करिव ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
ग्वाङ्सीको फाङचेनगाङ सहरस्थित साङ्सी काउन्टीमा बाढीले जनजीवन प्रभावित पारेपछि उद्धार टोलीहरूले चौबीसै घण्टा खटिएर उद्धार कार्यलाई तिब्रता दिएका छन् । टाइफुनको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिवार राति उक्त क्षेत्रमा दोस्रो तहको चेतावनी जारी गरिएको थियो ।
स्थानीय अधिकारीहरूकाअनुसार आईतवार साँझसम्ममा प्रभावित क्षेत्रबाट करिव ४ हजार सर्वसाधारणलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ । बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको बताइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij