images
images

बुधवार, जेठ २ गते २०८१

पुर्व–पश्चिम राजमार्गको बर्दघाटमा बस दुर्घटनामा ४ जनाको मृत्यु

पुर्व–पश्चिम राजमार्गको बर्दघाटमा बस दुर्घटनामा ४ जनाको मृत्यु

images
images
images
बुधवार, जेठ ५ २०७८
बुधवार, जेठ ५ २०७८
  • पुर्व–पश्चिम राजमार्गको बर्दघाटमा बस दुर्घटनामा ४ जनाको मृत्यु

    नवलपरासी, ५ जेठ ।
    पुर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै बुधबार (आज) बिहान ६ बजे बस दुर्घटना भएको छ ।  काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा अहिलेसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमध्ये रुकुम पश्चिम घर हुने २७ वर्षीय कल्पना पुनको सनाखत भएको छ भने बाँकी ३ जनाको सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले जानकारी दिए ।

    उनका अनुसार बसमा अन्दाजी ४५ यात्रु रहेको र तीमध्ये ३५ जना भन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरी केहीलाई बुटवल र केहीलाई स्थानीय चिसापानी अस्पतालमा पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij