images

मंगलवार, जेठ १ गते २०८१

मर्चवारीमा ५ बेडको आइसोलेशन सेन्टर सञ्चालनमा

मर्चवारीमा ५ बेडको आइसोलेशन सेन्टर सञ्चालनमा

images
images
images
बुधवार, जेठ ५ २०७८
बुधवार, जेठ ५ २०७८
  • मर्चवारीमा ५ बेडको आइसोलेशन सेन्टर सञ्चालनमा

    भैरहवा, ५ जेठ । 
    रुपन्देहीको मर्चवारी गाउँपालिकामा ५ बेडको आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ । भैरहवा, बुटवल लगायतका विभिन्न ठाउँमा बनाइएको कोभिड–१९ अस्पतालमा बिरामीहरु भरीभराउ भएकोले अहिले विभन्न स्थानीय तह संगै मर्चवार.मा पनि आइसोलेशन स्थापना गरिएको हो । 

    images
    images
    images

    दोस्रो भेरियन्टको कोरोना तीव्र रुपमा बढेपछि रुपन्देहीको १६ वटै स्थानीय तहमा आइसोलेशन, कोभिड अस्पताल तथा होम आइसोलेशनमा बिरामीहरुलाई राखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए । आफ्नो क्षमता अनुसारको प्रत्येक स्थानीय तहमा अक्सिजनसहितको मापदण्ड अनुसार आइसोलेशन बनेको उनले बताए । रुपन्देहीमा २ सय ७० क्षमताको आइसोलेशन निर्माण भएको जसमा १ सय १५ जना बसेको उनले बताए । 

    तत्काल ५ बेडको संचालन गरिएको र अवश्यकताअनुसार थप गर्ने मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले जानकारी गराए । केही पहिला नै निर्माण गरिहाल्नु पर्ने आइसोलेशन ढिलाई भए पनि व्यवस्थित तरिकाले निर्माण भएको अर्यालले बताए । 

    गाउँपालिकाको बिरामीहरुको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन निर्माण गरिएको मर्चवारी गाउँपालिकाअध्यक्ष केशवनन्द बनियाले बताए । ‘यहाँ परीक्षण गराइ कोरोना पोजेटिभ देखिएकाहरुको अवस्था अनुसार राख्नेछौं’ उनले भने । स्वासप्रस्वासको समस्या भएको विरामीहरुलाई चिकित्सकको सल्लाह बमोजिम उपचार गरिने बनियाले जानकारी दिए ।

    मर्चवारी–२ स्थित अमवामा निर्माण भएको सामुदायिक भवनमा संचालित उक्त आइसोलेशनमा मर्चवारी गाउँपालिका क्षेत्रका बिरामीलाई प्राथमिकता दिइ सेवा दिइने मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवारले बताइन् ।

    अहिले आइसोलेशनमा ५ वेडको मात्र क्षमता रहेकोले कोभिड–१९ का विरामीहरुलाई मात्र भर्ना गर्ने मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले बताए । कोरोनाको शंका लागेको व्यक्तिको  परीक्षण गरी पोजेटिभ रिपोर्ट आएकालाई मात्र आइसोलेशनमा राखिने  साहले जानकारी दिए । आइसोलेशनमा ६ जना जनशक्ति खटाइएको उनाले बताए ।


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij