२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

निःशुल्क रगत उपलब्ध गराउन सम्झौता

बिहिवार , भाद्र ११, २०८३

  • 244
    Shares
  • 244
    Shares
  • भैरहवा, ११ भदौ । रुपन्देहीको सैनामैना नगरपालिकाले नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ । कुनै घटना वा दुर्घटनामा परेर रगत अभावको कारण कसैको ज्यान नआजोस् भन्ने उद्देश्यले सम्झौता गरिएको हो । यहाँका नागरिकलाई आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको हो ।

    सैनामैना नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख फणेन्द्र प्रसाद शर्मा र रेडक्रस रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।