२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

सिद्धार्थ उद्योग वाणिज्य संघले बाढीपीडितलाई ११ लाख ५१ हजार सहयोग गर्ने

बिहिवार , भाद्र ११, २०८३

  • 397
    Shares
  • 397
    Shares
  • भैरहवा, ११ भदौ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले रसुवाका बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा ११ लाख ५१ हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको कार्यसमिति बैठकले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो ।

    अध्यक्ष आचार्यले विपद्को समयमा निजी क्षेत्रकोतर्फबाट केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताउनुभयो । ‘प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई सहयोग गर्नु हामी सबैको दायित्व हो । उहाँले भन्नुभयो–‘ पीडितको घाउमा महल्ल लगाउने प्रयास गरेका छौं ।’

    उहाँले विपद्को समयमा सरकारलाई निजी क्षेत्रको साथ र सहयोग आवश्यक हुने भएकाले उद्योगी–व्यवसायीले संस्थागत रूपमा सहयोग गर्ने निर्णय गरेको बताउनुभयो ।

    अध्यक्ष आचार्यका अनुसार संघले विगतदेखि नै भूकम्प, बाढी, पहिरो जस्ता विपद्का समयमा राज्य तथा प्रभावित नागरिकलाई सहयोग गर्दै आएको छ । संघले प्रधानमन्त्री विपद राहत कोषमा आफ्नो आर्थिक सहयोग गर्न सबैमा अपील समेत गरेको छ । बुधबार बिहान रसुवामा एक्कासी बाढी आउँदा ठूलो जनधनको क्षति भएको छ ।