
बिहिवार , भाद्र ४, २०७७
भैरहवा, ४ भदौ ।
समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढिरहेको बेला लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले भैरहवाको टोलटोलमा ‘तपाईको मास्क खोई’ भन्ने व्यानर लगाउन थालेको छ ।
ग्रिनसिटीले सर्वसाधारणलाई सचेत गराउने गरी मास्क लगाउनु अनिवार्य भएको भन्दै गरेको ब्यानरिङ अति नै महत्वपुर्ण रहेको लायन्स डिष्ट्रिक इन्टनरनेशनल ३२५ बी टु का स्ट्रटेजिक चिफ नवराज न्यौपानेले बताए ।
ग्रिनसिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले लकडाउन भए तापनि मान्छेहरु सांझ र बिहानपख मास्क नलगाई बाटो र चोकतिर हुल बांधेर हिडिरहेको बेला उनीहरुलाई सचेत गराउने ढंगले मास्क लगाउन उत्प्रेरित गर्ने तरिकाले ब्यानरिङ गरिएको बताए । उनले भने, ‘ हामी सेवा गर्छाै भन्ने मूल उद्देश्यका साथ स्थापित लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले कोरोना महामारीको बेला समुदायमा कोरोनाबाट बच्ने सचेतनामूलक कार्यक्रम अन्र्तगत ब्यानरिङ गरिएको हो ।’
भैरहवाको अञ्चलपुर, ब्रमेलीटोल, लुम्बिनी रोड, मिलनचोक, मेउडिहवा, मेडिकल कलेज, आँखा अस्पताल, देवकोटा चोक, जनकपथ, एअरपोर्ट, बसपार्क, बेलहिया जस्ता अलि भिडभाड हुने ३० स्थान छनौट गरेर मास्क खै भन्ने ब्यानरिङ गरिएको क्लबका तृतीय उपाध्यक्ष मनोज क्षेत्रीले बताए ।
दिनहुँ कोरोना संक्रमितको दर बढ्नुको मुल कारण हेलचेक्रयाईका साथ मास्क नलगाई हिडडुल गर्ने, स्यानिटाइजर प्रयोग नगर्ने र सामाजिक दुरी कायम नगर्नु भएको जनस्वास्थ्यको पनि निष्कर्ष भएकोले सरकारी अभियानमा हामिले हातेमालो गर्ने कोशिष गरेको क्लबका सदस्य कमल रायमाझीले बताए । ‘कोभिड–१९को लडाइमा ग्रिनसिटीको अभियान, बस्ती बस्तीमा पुर्याउ, सचेतनाको ज्ञान भन्ने नाराका साथ ग्रिनसिटीले अभियान थालेको छ ।’
लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले केही दिन अघि ब्लड क्यान्सर पीडित मनोज गिरीको उपचारको लागि ५१ हजार आर्थिक सहयोग गर्दै स्थापना भएको क्लबका सचिव भीम थापाले बताए । ५३ सदस्य रहेको उक्त क्लबले कोभिड–१९ को न्युनीकरणमा स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला संकट व्यवस्थापन समितिसंग सहकार्य गरेर काम गर्ने तयारी गरेको क्लबका प्रथम उपाध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij