images
images

बुधवार, जेठ २ गते २०८१

तिलोत्तमाले बनायो थप कोरोना अस्थायी अस्पताल

तिलोत्तमाले बनायो थप कोरोना अस्थायी अस्पताल

सेन्टर फ्लो अक्सिजन सिष्टम जडान

images
images
images
बुधवार, जेठ ५ २०७८
बुधवार, जेठ ५ २०७८
  • तिलोत्तमाले बनायो थप कोरोना अस्थायी अस्पताल

    भैरहवा, ५ जेठ ।

    images
    images
    images

    कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ । शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

    तत्काल ४० बेड रहेपनि केवलानीको कोरोना अस्थायी अस्पतालमा बेड संख्या एक सय पुर्याउन सकिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाको सभाहल नयाँ रहेकोले विद्युत्, खानेपानी, सरसफाई लगायत आवश्यक पूर्वाधार निर्माण गरी आइसोलेशन सेन्टर निर्माण गरिएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिष्टमबाट बिरामीलाई आवश्यकता अनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन केशव भट्टराईले जानकारी दिए । उनका अनुसार यो सिष्टमबाट बिरामीलाई अक्सिजन दिँदा अक्सिजन किफायती हुन्छ ।

    बुधबार अस्थायी अस्पतालको चावी कोरोना फोकल पर्सन भट्टराईलाई हस्तान्तरण गर्दै नगरप्रमुख घिमिरेले कोरोना महामारीसंग जुध्न नगरपालिकाले उपलब्ध सबै साधनस्रोतको उच्चतम प्रयोग गर्ने बताए । अस्थायी अस्पताल निर्माणमा सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै नगरप्रमुख घिमिरेले अस्पतालमा थप सेवा सुविधा थप्दै लगिने बताए ।IMG_5210.JPG

    नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा वडा नम्बर ९ का वडाध्यक्ष नारायण न्यौपाने, वडा नम्बर ५ का चेतनारायण भण्डारी, वडा नम्बर ७ का दुर्गा पाण्डेय, वडा नम्बर ८ का कृष्ण पौडेल, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, स्वास्थ्यकर्मी खगराज पोखरेल, गणेश भण्डारी तथा इलाका प्रहरी कार्यालय मंगलापुरका प्रतिनिधि रहेका छन् भने सदस्य सचिवमा कोरोना फोकल पर्सन केशव भट्टराई रहेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij