images

मंगलवार, जेठ १ गते २०८१

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

images
images
images
बुधवार, जेठ ५ २०७८
बुधवार, जेठ ५ २०७८
  • नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु

    परासी, ५ जेठ । 
    पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर गम्भिर घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ६ कंगली खोलास्थित सिमामा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीका जवानले डिफेन्समा गोली चलाउँदा गोली लागेर जिल्लाकै प्रंतापपुर गाउँपालिका ६ कठहवाँ बस्ने २२ बर्षिय युवा अभिनास राजभरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए। 

    images
    images
    images

    सशस्त्र प्रहरीको गोली मृतक राजभरको खुट्टामा (जाँघ) लागेर थियो । गोली लागेपछि मृतक राजभर गम्भिर घाईते भएका थिए । उनको उपचार सहिद स्मृति अस्पताल चौपत्ता हनु नसकेपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटल पठाइएको थियो । घाइते राजभारलाई उपचारका लागि लैजादा बाटोमै मृत्यु भएको हस्पिटलका डाक्टरले बताएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । अहिले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला ल्याइँदैछ । 

    यसरी घटयो घटना : 
    आज बिहान साढे ९ बजेको समयमा प्रतापपुर गाउँपालिका वडा नम्बर ६ कठहवाँका २ जना युवाहरु भारत जान खोज्दा सिमामा खटिएको सशस्त्र प्रहरीले रोकेको थियो । भारत जान नपाएपछि ती दुईजना युवाहरु भनाभन गर्दै फर्कि गाउँबाट ५०÷६० जनालाई जुटाई सशस्त्र प्रहरी र अस्थायी पोष्ट माथि ढुंगामुढा गरी झडप गरेका थिए । 
    स्थानीय र सशस्त्र प्रहरी बिचको झडप अनियन्त्रित भएपछि शसस्त्र प्रहरीले भिड छितिरबितिर गर्न २ राउड हवाई फायर गरेको

    थियो जसमध्ये एक गोली मृतक राजभरको खुट्टामा लागेको शसस्त्र प्रहरी बल नं. २६ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीयको झडपले सशस्त्र प्रहरीका पनि ६ जना प्रहरी घाइते छन् । जसमध्ये सशस्त्र प्रहरी नायब निरीक्षक शंकर बुढाथोकीको टाउकोमा गम्भिर चोट लागेको अधिकारीले जानकारी दिए । कोभिड–१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले सिमा बन्द गरेको छ । तर पनि सिमावर्ती क्षेत्रका केही स्थानीय भारत आवतजावत गर्दै आएका थिए । 

    यता स्थानीय प्रत्यक्षदर्शीले दुवै पक्षको झडपमा खटिएका सशस्त्र प्रहरीहरुले ५ राउण्ड गोली प्रहार गरेका थिए । एउटा गोली मृतक राजभरको खुट्टामा लागेको जानकारी दिए । उक्त क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले भारत जानमा रोक लगाए पनि बिहान एक जना व्यक्ति अवैध नाका प्रयोग गरी भारत प्रवेश गरेपछि ती दुई जना युवाहरु उसलाई जान दिने र मलाई किन नदिने भनी भनाभन गरेका थिए । सशस्त्र प्रहरीले ती दुवै युवाबीच चर्काचर्की भएपछि उनीहरुरु गाउँ गएर ५०/६० जनाको भिड लिएर आएर वादविवाद गरेपछि दुवै पक्षबीच झडप भएको स्थानीयले जानकारी दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij