images

मंगलवार, जेठ १ गते २०८१

सांसद भुसालद्वारा सियारी र शुद्धोधनको आइसोलेशनमा अक्सिजन सहयोग

सांसद भुसालद्वारा सियारी र शुद्धोधनको आइसोलेशनमा अक्सिजन सहयोग

images
images
images
बुधवार, जेठ ५ २०७८
बुधवार, जेठ ५ २०७८
  • सांसद भुसालद्वारा सियारी र शुद्धोधनको आइसोलेशनमा अक्सिजन सहयोग

    भैरहवा,  ५ जेठ । 
    प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले रुपन्देहीको सियारी र शुद्धोधन गाउँपालिकामा सञ्चालित आइसोलेशन सेन्टरलाई अक्सिजन उपलब्ध गराएका छन् ।

    भुसालको सहयोगमा पठाइएको अक्सिजन कन्सन्ट्रेटर बुधबार सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र वडा नम्बर ७ का अध्यक्ष सरोज अधिकारी तथा शुद्धोधन अध्यक्ष किशुनचन्द चौधरीलाई हस्तान्तरण गरिएको छ । भुसालको रुपन्देही क्षेत्र नम्बर ३ संसदीय सम्पर्क कार्यालयका प्रमुख मनोज कुमार रिजाल, सिद्धार्थनगर–३ का वडाअध्यक्ष थानेश्वर पौडेल, युवा नेता किरण नेपाल लगायतले आइसोलेशन सेन्टरमा पुगेर अक्सिजन कन्सन्ट्रेटर अध्यक्षद्वयलाई हस्तान्तरण गरेका हुन् ।

    पूर्व कृषि मन्त्री तथा नेकपा एमालेका नेता समेत रहेका भुसालले आइसोलेशन सेन्टरमा उपचाररत विरामीहरुलाई अक्सिजन अभाव नहोस् भनेर सहयोग उपलब्ध गराएको संसदीय सम्पर्क कार्यालय प्रमुख रिजालले बताए ।

    images
    images
    images

    ‘अक्सिजनकै अभावमा कुनै पनि नागरिकको ज्यान जोखिममा नपरोस् भनेर माननीयज्यू अत्यन्तै संवेदनशील हुनुहुन्छ’, उनले भने, ‘त्यसैले उहाँले व्यक्तिगत सहयोगमा खरिद गरिएका अक्सिजन आवश्यकता हेरेर दुई वटा स्थानीय तहका आइसोलेशन सेन्टरमा उपलब्ध गराइएको हो । अन्य ठाउँमा पनि आवश्यकता अनुसार उपलब्ध गराउने छौं ।’

    रिजालका अनुसार सियारी वडा नम्बर ७ पश्चिम अमवामा सञ्चालन गरिएको अस्थायी आइसोलेशनमा दुई वटा र शुद्धोधनको आइसोलेशन सेन्टरमा एउटा अक्सिजन कन्सन्ट्रेटर भुसालले सहयोग गरेका छन् । सियारी अध्यक्ष थारुले अक्सिजन अभाव भइरहेका बेला प्राप्त सहयोगले धेरै संक्रमितको उपचारमा सहयोग पुग्ने बताए ।

    भुसालले यसअघि सिद्धार्थनगर नगरपालिकाले भैरहवास्थित बसपार्कमा संचालन गरेको आइसोलेसन सेन्टरमा पनि स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । नगरपालिकाका अनुसार भुसालले उक्त आइसोलेसन सेन्टरलाई एक सय थान बढी पीपीई, ८ सय पिस माक्स र २३ थान थर्मल गन सहयोग गरेका हुन् ।

    भुसालको संसदीय कार्यालयका अनुसार भैरहवास्थित भीम अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण सहयोगको तयारी भइरहेको छ । रिजालले भने, ‘भीममा तत्काल के–कति र कस्ता किसिमका उपकरण आवश्यक छ, पहिचान गरेर सहयोग गर्ने तयारी गरिरहेका छौं ।’

    सांसद भुसालको पहलमा चालु आर्थिक वर्षमा भीम अस्पतालका लागि नयाँ भवन निर्माण गर्न संघीय सरकारबाट ८ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यस्तै, भवन निर्माणमा अपुग रकम लुम्बिनी प्रदेश सरकारबाट व्यहोरिने गरी अहिले नयाँ भवन निर्माणको ठेक्का समेत लगाइसकिएको छ ।

    त्यस्तै भुसालले सिद्धार्थनगर वडा नम्बर ११ मा स्वास्थ्य चौकी निर्माणका लागि बजेटसमेत उपलब्ध गराएका थिए । त्यहाँ स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेको छ । यस्तै, मायादेवी गाउँपालिका–७ मा पनि स्वास्थ्य चौकी निर्माणका लागि भुसालले बजेट उपलब्ध गराएका थिए । यहाँ स्वास्थ्यचौकी निर्माणका लागि टेण्डर आह्वान भइसकेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij