२०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

बाढीप्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

सोमवार , भाद्र १५, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • बुटवल, १५ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुकोतर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ सहयोग गरेको हो ।

    प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जिवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्धेश्यले सो कोषमा सहयोग गरेको बैंकले जनाएको छ ।

    ‘विपतको कठिन घडीमा प्रभावित नागरिकहरुको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायहरुलाई सहयोग पुर्याउने मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको हो’ बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै बाढीमा परी हालसम्म पनी सम्पर्कमा नआएका नागरीकहरुको सकुशल उद्धार एवम घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।