२०८३, भाद्र १७ गते

Sep 02 2026 | २०८३, भाद्र १७ गते

चीनद्वारा नेपालका बाढीपहिरो पीडितका लागि थप मानवीय सहायता सामग्री प्रदान

बुधवार , भाद्र १७, २०८३

  • 511
    Shares
  • 511
    Shares
  • काठमाडौँ,१७ भदौ । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि उपलब्ध गराएको थप आपत्कालीन मानवीय सहायता सामग्री पठाएको छ ।

    दक्षिण चीनको ग्वान्झाउ प्रान्तस्थित शेन्जेनबाट मङ्गलवार दिउँसो उक्त सामग्रीहरू नेपालका लागि पठाइएको हो । सहयोग सामग्रीहरूमा पानी शुद्धीकरण गर्ने उपकरण, विद्युतीय प्रकाश (लाइटिङ), आनुवंशिक परीक्षण (जेनेटिक टेस्टिङ) उपकरण र ड्रोनहरू समावेश रहेका छन् ।