images
images

बुधवार, जेठ २ गते २०८१

रुपन्देहीमा आज १० जना संक्रमितको मृत्यु, ३०९ नयाँ थपिए 

रुपन्देहीमा आज १० जना संक्रमितको मृत्यु, ३०९ नयाँ थपिए 

७०९ जना डिस्चार्ज

images
images
images
बुधवार, जेठ ५ २०७८
बुधवार, जेठ ५ २०७८
  • रुपन्देहीमा आज १० जना संक्रमितको मृत्यु, ३०९ नयाँ थपिए 

    बुटवल, ५ जेठ ।

    images
    images
    images

    रुपन्देहीमा आज १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस अवधीमा कुल १ हजार ९ नमुनाको पीसीआर परीक्षण गर्दा ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ सय ९ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार गत २४ घण्टाको अवधीमा जिल्लामा २ हजार ४ सय ६२ एन्टिजेन परीक्षण गर्दा १ हजार ४५ जनामा पोजेटिभ रिपोर्ट आएको छ । पीसीआर परीक्षणको रिपोर्टमा संक्रमितको अनुपात केही कम देखिएपनि एन्टिजेनमा संक्रमितको संख्या बढी देखिएको छ । 

    तुलनात्मक रुपमा पीसीआर परीक्षणमा ३० प्रतिशतमा संक्रमण भएको देखिएको छ भने एन्टिजेनमा ४२ प्रतिशतमा संक्रमण भएको देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुटवलमा आज १०६ जना मात्र कोरोना संक्रमति थपिएका छन् । यस अवधीमा संक्रमणमुक्त हुने दर भने बढेको छ । 188167169_1386676918368326_2123981633050929198_n.jpg

    जिल्लामा संक्रमणको दर केहि घटेको देखिए पनि समुदायस्तरमा फैलिएकोले सम्पर्क व्यक्तिहरुका बारेमा अझै खोजी कार्य प्रभावकारी बनाउन जरुरी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij