२०८३, भाद्र १७ गते

Sep 02 2026 | २०८३, भाद्र १७ गते

लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान भैरहवाद्वारा बाढीपीडितलाई १४ लाख बढी सहयोग

बुधवार , भाद्र १७, २०८३

  • 271
    Shares
  • 271
    Shares
  • भैरहवा, १७ भदौ । रुपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालले बाढीपीडितहरूको राहतका लागि १४ लाख १२ हजार ३ सय ५९ रुपैयाँ सहयोग गरेको छ ।
    अस्पताल व्यवस्थापन समितिको बैठकले बाढीप्रभावितहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेसँगै उक्त रकम जुटाइएको हो ।

    अस्पतालकोतर्फबाट ७ लाख ५० हजार प्रदान गरिएको छ । अन्य रकम त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी तथा एम.डी. रेजिडेन्ट डाक्टरहरूबाट स्वेच्छिक रुपमा संकलन गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताउनुभयो । बाढीप्रभावितहरूका लागि सहयोग गर्न अस्पतालका विभिन्न तहका कर्मचारीले आफ्नो पारिश्रमिकबाट गरेको स्वेच्छिक योगदानमार्फत सो रकम जुटेको उहाँले जानकारी दिनुभयो ।

    IMG_20260902_182606.jpg

    अस्पतालले विपद्को घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अस्पतालले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

    अस्पताल प्रशासनले बाढीपछिको कठिन परिस्थितिमा राहत र उद्धार कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मी तथा अन्य सहयोगी निकायहरूप्रति आभार व्यक्त गरेको छ । यसका साथै अस्पतालले यो संकटको समयमा सम्पूर्ण नेपालीहरूलाई आफ्नोतर्फबाट मानवीय सहयोगमा जुट्न र संकटमा परेका नागरिकहरूलाई साथ दिनसमेत आग्रह गरेको छ ।