२०८३, भाद्र १९ गते

Sep 04 2026 | २०८३, भाद्र १९ गते

युसीयमयस भैरहवालाई एन.ए.वि.एच. मान्यताप्राप्त

शुक्रवार , भाद्र १९, २०८३

  • 496
    Shares
  • 496
    Shares
  • भैरहवा, १९ भदौ । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीयमयस) शिक्षण अस्पतालले स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिने अन्तर्राष्ट्रियस्तरको उच्च गुणस्तर मापण प्रमाण–पत्र एन.ए.वि.एच. (NABH -National Accreditation Board for Hospitals & Healthcare Providers) मान्यता प्राप्त गरेको छ । यो मान्यताले अस्पतालको विश्वस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षा र पूर्वाधारको गुणस्तरलाई प्रमाणित गर्ने गर्दछ ।

    युसीयमयस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले एन.ए.वि.एच. मान्यता प्राप्तिले अस्पताललाई अवसरका साथ चुनौती पनि प्रदान गरेको बताउनुभयो । उहाँले अस्पतालले सदैव यस मानकलाई कायम राख्न बिरामीको सुरक्षाका लागि उपचारका क्रममा कुनै पनि किसिमको संक्रमण वा जोखिम नहोस् भनी उच्च सतर्कता अपनाउने, अस्पतालमा कार्यरत चिकित्सक, नर्स र प्राविधिकहरूलाई समायानुकुल पूर्णरूपमा योग्य र तालिमप्राप्त बनाउने, औषधिको सही प्रयोग, बिरामीको अधिकारको रक्षा र उपचार खर्चमा पारदर्शिता कायम गरिने र पूर्वाधारमा आकस्मिक कक्ष, सघन उपचार कक्ष र शल्यक्रिया कक्षहरु इत्यादिलाई अत्याधुनिक विश्वस्तरीय मापदण्ड अनुसार रहेको र यसलाई आवश्यकताअनुरुप अद्यावधिक गरिने बताउनुभयो ।

    एन.ए.वि.एच. मान्यताले भारत सरकारको पूर्व सैनिक, आश्रित परिवार तथा केन्द्र सरकारमातहतका पूर्व कर्मचारीहरुको लागि अस्पतालमा सञ्चालित इ.सि.एच.एस.सेवालाई पनि थप सहज, प्रभावकारी र व्यवस्थित बनाउनेछ ।