२०८३, भाद्र २२ गते

Sep 07 2026 | २०८३, भाद्र २२ गते

सर्पदंश रोकथाम र उपचार सम्बन्धी अभिमुखीकरण

सोमवार , भाद्र २२, २०८३

  • 271
    Shares
  • 271
    Shares
  • भैरहवा, २२ भदौ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा सर्पदंश रोकथाम एवं प्राथमिक उपचार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । रेडक्रस रुपन्देही शाखाका सभापति रामचन्द्र उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका स्वंयमसेवक सहजकर्ता तथा युवा सर्कलका ३१ जनाको सहभागीता रहेको थियो । सहभागीहरुलाई कञ्चन गाउँपालिका शाखा संयोजक फस्र्टएड ट्रेनर (प्रशिक्षक) तुल बहादुर थापाले प्रशिक्षण दिनुभएको थियो ।

    सहभागीहरुले भोलिका दिनमा समुदाय र विद्यालय तहमा पनि यस किसिमका सर्पदंश सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन् । रुपन्देहीमा कार्तिक महिनासम्म यस्तो अभियान चलाइने रेडक्रस रुपन्देहीले जनाएको छ । कार्यक्रममा निवर्तमान शाखा सभापति दीपक क्षेत्री न्यौपाने, महेन्द्र कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।