images

शुक्रवार, बैशाख २१ गते २०८१

एचआइभी संक्रमितलाई घरमै औषधी पुर्‍याउँदै नमुना

एचआइभी संक्रमितलाई घरमै औषधी पुर्‍याउँदै नमुना

images
images
images
बिहिवार, जेठ ६ २०७८
बिहिवार, जेठ ६ २०७८
  • एचआइभी संक्रमितलाई घरमै औषधी पुर्‍याउँदै नमुना

    भैरहवा, ६ जेठ । 
    दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाका कारण विभिन्न क्षेत्र प्रभावित भएका छन् । यो अवस्थामा नियमित औषधी खाइरहनुपर्ने बिरामीलाई समस्या थपिएको छ । संक्रमणबाट बच्न पनि घरमै बस्नुपर्ने बाध्यता छ । 

    images
    images
    images

    यही अवस्थालाई मध्यनजर गर्दै नमुना एकीकृत विकास परिषद् रुपन्देही (नमुना) ले एचआइभी संक्रमितहरुको लागि घरघरमै औषधी पुर्‍याउँदै आएको छ । विषम परिस्थितिलाई मध्यनजर गर्दै एचआइभी संक्रमितले नियमित खानुपर्ने औषधी संस्थाले संक्रमितकै घरघरमा पुर्‍याइरहेको नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

    दिनहुँ खानुपर्ने औषधी घरमा सकिएपछि अस्पतालबाट घरसम्म औषधी पुर्‍याएर  सेवाका लागि संस्थाले पुलको कार्य गरिराखेको पौड्यालले बताइन् । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल र कपिलवस्तु अस्पतालमा रहेको एआरटी सेवा केन्द्र, स्वास्थ्य कार्यालय रुपन्देही र कपिलवस्तु संगको समन्वयमा दुवै जिल्लामा एचआइभी संक्रमितहरूले खानुपर्ने औषधिको वितरण गरिएको उनले बताइन् ।

    ‘स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक वञ्चित हुनुहुँदैन, अहिलेको परिस्थितिमा नमूनामा कार्यरत कर्मचारी संक्रमितहरुको जीवन रक्षाको लागि घरघरमै पुगेर औषधी प्रदान गरिरहनुभएको छ, आफु सुरक्षित हुँदै अत्यावश्यक सेवा प्रदान तथा सेवा सहयोग गर्नु हाम्रो दायित्व हो, ’उनले भनिन् ।  एचआइभी संक्रमितलाई औषधी प्राप्त गर्न कुनै समस्या भए नमुनाका संयोजक मोबाइल नम्बर सुमितराज भण्डारीलाई ९८४७०८७८६५ मा सम्पर्क गर्न सकिने नमुनाले जनाएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij