मंगलवार , भाद्र २३, २०८३
रुपन्देही, २३ भदौ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाउन मंगलबार (आज) पनि अभिभावकको भीड लागेको छ । चिकित्सालयका अनुसार आज मात्रै २ हजार ५ सय भन्दा बढी बालबालिकाले स्वर्णविन्दु प्राशन गरेका छन् ।
बालबालिकाको स्वास्थ्य र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिमा उपयोगी मानिएको यस कार्यक्रमप्रति अभिभावकको बढ्दो आकर्षणले यसको प्रभावकारिता र पहुँच विस्तारको आवश्यकता झल्काएको छ । भीड व्यवस्थापनमा केही कठिनाइ भए पनि कार्यक्रमप्रति देखिएको उत्साह सकारात्मक रहेको चिकित्सालयले जनाएको छ ।
लुम्बिनी आयुर्वेद चिकित्सालयको प्रमुख डा. कलावती विश्वकर्माले स्वर्णबिन्दु प्राशन कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउँदै रुपन्देहीका सबै स्थानीय तहसम्म विस्तार गर्नुपर्ने बताउनुभयो ।
उहाँका अनुसार बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस्तो कार्यक्रमलाई सीमित स्थानमा मात्र नराखी सबै पालिकासम्म पुर्याउन सके अझ धेरै बालबालिका लाभान्वित हुनेछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij