२०८३, भाद्र २६ गते

Sep 11 2026 | २०८३, भाद्र २६ गते

बाढीप्रभावितलाई व्यवसायी पौडेलको २५ लाख सहयोग

शुक्रवार , भाद्र २६, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • बुटवल, २६ भदौ । बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढीप्रभावित नागरिकको राहतका लागि २५ लाख २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो ।

    पौडेलले व्यक्तिगतरुपमा यो रकम कोषमा जम्मा गरेको बताउनुभयो । पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र शाइन रेसुंगा डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष समेत हुनुहुन्छ । ‘रसुवा, धादिङ, नुवाकोट लगायत जिल्लामा नेपालको इतिहासकै ठूलो विपत्ति आएको र मुलुकले खरबौं क्षति व्यहोरेको पीडादायी अवस्थामा सबै नेपालीले गच्छेअनुसार सरकारलाई सहयोग गर्नुपर्ने नागरिक दायित्ववोध गरेर कोषमा रकम जम्मा गरेको हुँ’–पौडेलले भन्नुभयो–‘दुखको समयमा एक नेपालीले अर्को नेपालीलाई राहत पुर्याउनु नै सच्चा मानव धर्म हो ।’

    आफू अध्यक्ष रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले यसअघि नै ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको पौडेलले जानकारी दिनुभयो ।