२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

प्रतिनिधिसभा सांसद देवेन्द्रराज कंडेलको पहलमा स्वास्थ्य सामग्री वितरण

बिहिवार , जेठ ६, २०७८

नवलपरासी, ६ जेठ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सांसद देवेन्द्रराज कंडेल र कांग्रेसका क्षेत्रीय सचिव माधव प्रसाद पाण्डेको पहलमा जिल्ला समन्वय समितिका सभापति शिवशंकर रायको सिफारिसको आधारमा आइसोलेशन सेन्टर र अस्पतालमा बिहीवार स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

जसअन्तर्गत सुनवल नगरपालिकाद्वारा निर्माण गरिएको अस्थायी कोरोना अस्पताल (आइसोलेसन सेन्टर) लाई १२ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र १० थान फेस शिल्ड, परासीस्थित पृथ्वीचन्द्र अस्पताललाई १३ थान पीपीई, चौपत्ता अस्पताललाई ८ थान र बर्दघाटस्थित चिसापानी अस्पताललाई ५ थान पीपीई वितरण गरिएको हो ।

साथै कोभिड रोकथाम र न्यूनीकरणका लागि अग्रपंक्तिमा रहेर समाजसेवामा खटिएका युवालाई २ थान पीपीई गरी जम्मा ४० थान पीपीई सामग्री वितरण गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव माधब प्रसाद पाण्डेले बताए ।

सांसद कंडेल काठमाडौं भएका कारण उक्त सामग्री वितरणका लागि कांग्रेस बर्दघाट नगरपालिकाका सभापति शम्भुलाल श्रेष्ठ, रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य सुनिता श्रेष्ठ, कांग्रेसका शुभेच्छुक तथा समाजसेवी कमल किशोर रायमाझी, शम्भु मिश्र, राजन भण्डारी र विकास घिमिरेले स्वास्थ्य सामग्री वितरणको लागि समन्वय गरेका थिए । उक्त स्वास्थ्य सामाग्री केयर नेपाल संस्थाले सहयोग गरेको थियो ।