images

शुक्रवार, बैशाख २१ गते २०८१

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका अभिनाशलाई शहीद घोषणा गर्न माग

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका अभिनाशलाई शहीद घोषणा गर्न माग

images
images
images
बिहिवार, जेठ ६ २०७८
बिहिवार, जेठ ६ २०७८
  • सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका अभिनाशलाई शहीद घोषणा गर्न माग

    परासी, ६ जेठ ।
    सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अभिनाश राजभरलाई स्वतन्त्र राजनीतिक समूहले शहीद घोषणा गर्न माग गरेको छ । बुधबार बिहान साढे ९ बजे सुस्ता गाउँपालिका–५ वनकट्टी सीमास्थित नथुई नाकामा स्थानीय र सशस्त्र प्रहरीबीच सामान्य विवादमा प्रहरीले भिड नियन्त्रण गर्न लाठीचार्ज, अश्रु ग्यास र हवाई फायरको विकल्प नअपनाई सिधै गोली प्रहार गरेकाले मृतक राजभरको हत्या नै गरिएको समूहको दावी रहेको समुहका जिल्ला संयोजक राधेरमण पाण्डेद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 

    images
    images
    images

    विज्ञप्तीमा समूहका जिल्ला सदस्य बच्चा राजभरका जेठो छोरा मृतक राजभरलाई तत्काल शहीद घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन र घटनाको छानबीन गर्न गठित समितिले घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाइ कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ । 

    राजनीतिक समुहले प्रतापपुर–६ कठहवाँ बस्ने २२ वर्षिय अविनाशको सशस्त्र प्रहरीले हिजो बुधबार बिहान साढे ९ बजेको समयमा नजिकबाट गोली हानेर हत्या गरेको र सामान्य वादविवादमा लाठीचार्ज, अश्रु ग्याँस, हवाईफायर लगायतका विकल्प हुँदाहुँदै शसस्त्र प्रहरीले नजिकबाट गोली हानी हत्या गरेको समुहको आरोप छ । खुट्टामा गोली लागेका अभिनाशको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

    घटनाको छानबीन गर्न गृह मन्त्रालयले सह–सचिव कृष्णप्रसाद पन्तको नेतृत्वमा घटनाको छानबीन समिति गठन गरेपछि मृतक राजभरका परिवारले जिल्ला पृथ्वीचन्द्र अस्पतालबाट उनको शव आज बुझेको समूहका संयोजक पाण्डेयले जानकारी दिए ।

    त्यसै गरी स्वतन्त्र राजनीतिक समूहले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई बुझाएको ज्ञापनपत्रमा मृतक राजभरलाई शहीद घोषणा गर्न र दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग सरकारसंग माग गरिएको संयोजक पाण्डेले जानकारी दिए ।

    संयोजक पाण्डेले विगतका दिनमा पनि सीमामा खटिने सशस्त्र प्रहरीले यस्तै खालको घटना घटाउँदै आएको र रातभरी तस्करी गराउने दिनमा गरीब निमुखा जनताले औषधी र दैनिक उपभोग्य वस्तु खरीदका लागि सिमापारी जान खोज्दा रोक्ने झडप गर्ने जस्ता कार्य हुँदै आएकोले तत्काल सीमामा राखिएको शसस्त्र प्रहरीको डयुटी र क्याम्प हटाउने समेत समूहले माग गरेको जानकारी दिए ।

    त्यसैबीच उक्त घटनाको जिल्लाका विभिन्न राजनीतिज्ञ, मानवअधिकारकर्मी र स्थानीयद्वारा सामाजिक संजालमार्फत घोर भ्रत्सना भइरहेको र सशस्त्र प्रहरीको यो कार्यको चर्काे आलोचना भइरहेको पाइएको छ । यता भारतबाट नेपालतर्फ आउन खोजेका युवाहरुलाई रोक्न खोज्दा ५०/६० जनाको समूह आएर सशस्त्र प्रहरीलाई ढुंगामुढा गरेपछि डिफेन्समा सुरक्षाका लागि गोली चलाइएको सशस्त्र प्रहरीको दावी छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij