images

शुक्रवार, बैशाख २१ गते २०८१

निःशुल्क खाना वितरण गर्दै जेसीआई सिद्धार्थ, नेपाल

निःशुल्क खाना वितरण गर्दै जेसीआई सिद्धार्थ, नेपाल

images
images
images
बिहिवार, जेठ ६ २०७८
बिहिवार, जेठ ६ २०७८
  • निःशुल्क खाना वितरण गर्दै जेसीआई सिद्धार्थ, नेपाल

    भैरहवा, ६ जेठ । 
    विभिन्न सामाजिक कार्य गर्दै आएको जेसीआई सिद्धार्थ, नेपालले निषेधाज्ञा जारी भएपछि विभिन्न रचनात्मक कार्यलाई तीव्रता दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि जेसीजले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण, विरामीलाई उपचारका लागि सहयोग, बाल आश्रममा खाद्यान्न सामग्री वितरण जस्ता कार्यक्रम गरेको छ । 

    images
    images
    images

    सोही क्रममा संस्थाले बिहीबारदेखि भैरहवामा विरामीहरुको लागि निःशुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा तथा सिद्धार्थ बसपार्कस्थित सिद्धार्थनगर नगरपालिकाले बनाएको आइसोलेशन सेन्टरमा उपचाररत विरामी तथा विरामी कुरुवाहरुलाई लक्षित गर्दै खाना वितरण सुरु गरिएको जेसीआई सिद्धार्थ २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

    ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको मूल मन्त्रलाई अंगिकार खाना वितरण कार्य सुरु गरिएको ज्ञवालीले जानकारी दिए । बिहीबार पहिलो दिन सांझ युसीएमएसमा करिब १३० जनालाई खाना वितरण गरिएको कार्यक्रम संयोजक कमल जि.सी.ले जानकारी दिए । त्यस्तै भैरहवास्थित बसपार्कमा रहेको आइसोलेशन सेन्टरमा २५ जनालाई खाना वितरण गरिएको उनले जानकारी दिए । खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । 

    खाना वितरण शुभारम्भ कार्यक्रममा जेसीआई सिद्वार्थका पूर्व अध्यक्ष दिपेन्द्र मान श्रेष्ठ, सुशील गुरुङ, संगम न्यौपाने, सुमन शर्मा, नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष तथा जेसीआई सिद्धार्थका कानूनी सल्लाहकार राकेश गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

    संस्थाले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने जेसीआई सिद्धार्थ वर्ष २०२१ का महासचिव सागर पोखरेलले बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij