२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

जसपा नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

मंगलवार , भाद्र ३०, २०८३

  • 676
    Shares
  • 676
    Shares
  • भैरहवा, ३० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । 

    मंगलबार पार्टीका महासचिवद्वय प्रकाश अधिकारी, डा.सुरेन्द्र कुमार झा, सचिव एवं विपद् व्यवस्थापन तथा राहत सहयोग संकलन समितिका संयोजक शैलेन्द्र प्रसाद साह, सदस्यहरु वीरेन्द्र प्रधान, पेशल ढकाल र भुवनेश्वर चौधरी सम्मीलित टोलीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

    रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिहरुको उद्धार, राहत तथा पुनस्र्थापना गर्नु सबैको साझा दायित्व र कर्तव्य भएको जसपा नेपालका महासचिव डा.सुरेन्द्र कुमार झाले बताउनुभयो । ‘जसपा नेपाल यस संकटको घडीमा प्रभावित नागरिकको साथमा रहेको छ र, नेपाल सरकारको उद्धार, राहत तथा पुनस्र्थापना अभियानलाई समर्थन गर्दछ, ’उहाँले भन्नुभयो । 

    पार्टीले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाल एवं दातृ निकायहरुलाई विपद् प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सञ्चालित यस अभियानमा सहभागी हुन अपील समेत गरेको छ । ‘पार्टीको कोषमार्फत यस मानवीय अभियानमा आर्थिक योगदान गर्नुहुने जसपा नेपालका विभिन्न तहका समितिहरु तथा सम्पूर्ण आदरणीय मित्रहरुप्रति हार्दिक धन्यवाद एवं सम्मान व्यक्त गर्दछु, ’महासचिव डा. झाले भन्नुभयो ।