images

शुक्रवार, बैशाख २१ गते २०८१

‘फूड बैंक’ मार्फत हालसम्म १५७ घरपरिवारलाई राहत वितरण

‘फूड बैंक’ मार्फत हालसम्म १५७ घरपरिवारलाई राहत वितरण

images
images
images
शुक्रवार, जेठ ७ २०७८
शुक्रवार, जेठ ७ २०७८
  • ‘फूड बैंक’ मार्फत हालसम्म १५७ घरपरिवारलाई राहत वितरण

    भैरहवा, ७ जेठ । 
    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवामा सञ्चालनमा ल्याएको ‘फूड बैंक’ मार्फत हालसम्म १५७ घरपरिवार राहत वितरण गरिएको छ । वैशाख २७ गतेदेखि सुरु भएको फूड बैंकमार्फत जेठ ५ गतेसम्म १५७ घरपरिवारलाई राहत वितरण (खाद्यान्न सामग्री) वितरण गरिएको क्लबले जनाएको छ । उक्त कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । त्यस्तै निषेधाज्ञाको अवधि थपिएसंगै राहतको आवश्यकता धेरै भएकोले माग गर्नेको संख्या पनि दिनप्रतिदिन बढिरहेको क्लबको भनाइ छ ।

    images
    images
    images

    कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिएको र यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि उद्योग, व्यवसाय कलकारखाना बन्द भएपछि फूड बैंक सञ्चालनमा ल्याइएको क्लबका अध्यक्ष हिरा बहादुर शाहले बताए । उद्योग, व्यवसाय तथा कलकारखाना बन्द भएपछि दैनिक ज्यालादारी मजदूर तथा विपन्न परिवार मर्कामा परेका छन्, यसैलाई मध्यनजर गर्दै खानाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौं, शाहले भने । स्वार्थ भन्दा माथि सेवाको भावले सामाजिक क्षेत्रमा रोटरीले विश्वभरी दैनिक रुपमा यस्ता कार्यहरु उनले बताए । सम्पूर्ण उद्योग, व्यवसायी, संघ–संस्था तथा समाजसेवीलाई फूड बैंकमार्फत विपन्न परिवारलाई सहयोग गर्न उनले अपील गरेका छन् ।

    कार्यक्रमको वैशाख २७ गते लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका थिए । मन्त्री पाण्डेले महामारीको समयमा रोटरी क्लब अफ सेन्ट्रल लूम्बिनीले सामाजिक क्षेत्रमा रचनात्मक कार्य गरेको भन्दै रोटरीको कार्यप्रति प्रसंशा गर्दै फूड बैंकमा कूनै किसिमको अभाव भएमा आफ्नो व्यक्तिगत तर्फबाट समेत सहयोग गर्ने आश्वासन दिएका थिए ।IMG-20210521-WA0001.jpg

    फूड बैंकमार्फत आवश्यक परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक विमल सेञ्चुरीले बताए । क्लबले खाद्यान्न सामग्रीसंगै मास्क पनि वितरण गरिरहेको उनले बताए ।

    कोभिड–१९ को महामारीको अवस्थामा आफ्नो ज्यानलाई जोखिममा राख्दै सेवा गर्न पाउँदा घरघरमा खाद्यान्न सामग्री पुर्याउन खटिएका क्लबका कोषाध्यक्ष कृष्ण प्रसाद अधिकारी तथा सदस्य धर्मवीर शर्मा र खुशी व्यक्त गर्छन् । फूड बैंक सुरु हुनु अघि धर्मवीर शर्माले व्यक्तिगत रुपमा राहत वितरण गरिरहेका थिए । तर फूड बैंकमार्फत अझ प्रभावकारी बनाउने कुराकानी भएपछि रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका सदस्य समेत रहेका शर्मा उक्त अभियानमा सहभागि भए । राहत वितरण गर्दा राहत लिने व्यक्तिको फोटो नखिचिएको शर्माले बताए ।IMG-20210521-WA0006.jpg

    क्लबका पूर्व अध्यक्ष तथा २०२०/२१ का इलेक्ट ए.जी. रोटरीयन कृष्ण प्रसाद पाण्डेले धर्तीमा जन्म लिइ सकेपछि समाजको लागि केही न केही गर्नुपर्ने बताउँछन् । क्लबका सल्लाहकार लक्कि सिंहले समाजको जस्तो सूकै कठिन अवस्थामा पनि रोटरियनहरु सेवाको लागी पूग्नुपर्ने बताउँछन् । 

    रोटरी क्लब अफ सेन्ट्रल लूम्बिनीले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । कोभिड–१९ को संक्रमनबाट बच्नको लागी जनचेतनामूलक सन्देश सामग्री बनाएर नगर क्षेत्र तथा गाउँमा प्रचारप्रसार गरिएको क्लबले जनाएको छ ।

    त्यस्तै क्लबले विभिन्न चरणमा माक्स तथा पीपीई, भैरहवास्थित भीम अस्पतालका ६० जना बिरामी कुरुवाहरुलाई खाना र १० कार्टून पानी वितरण गरेको क्लबका द्वितीय उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए । IMG-20210521-WA0016.jpg

    दिनभरी काम गरेर बिहान सांझको छाक टार्ने विपन्न परिवारलाई समस्या भइरहेकोले यसलाई मध्यनजर गर्दै समयमै फूड बैंक स्थापना गरी निःशुल्क खाद्यान्न वितरण कार्य सुरु गरिएको क्लबको भनाइ छ । यसले स्थानीय सरकार र स्थानीय प्रशासनलाई पनि कोभिड–१९ संक्रमण नियन्त्रण तथा भिडभाड हुन नदिनको लागि सहयोग पुगेको समाजसेवी प्रख्यात बञ्जाडे बताउँछन् । 

     

     
     
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij