images

शनिवार, बैशाख २२ गते २०८१

मानव अधिकार तथा शान्ति समाजद्वारा सिलिण्डर संकलन गरी हस्तान्तरण

मानव अधिकार तथा शान्ति समाजद्वारा सिलिण्डर संकलन गरी हस्तान्तरण

images
images
images
शुक्रवार, जेठ ७ २०७८
शुक्रवार, जेठ ७ २०७८
  • मानव अधिकार तथा शान्ति समाजद्वारा सिलिण्डर संकलन गरी हस्तान्तरण

    बुटवल, ७ जेठ । 
    मानव अधिकार तथा शान्ति समाजले समुदायस्तरमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमितको उपचारमा सहयोग पुर्याइ जीवन बचाउने उद्देश्यले सिलिन्डर संकलन अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत समुदायस्तरमा संकलन गरिएका १० थान अक्सिजन भरिएका ठुला सिलिण्डर लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । शान्ति समाजका सभापति गोविन्द खनालको नेतृत्वमा खटिएको एक टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठलाई उक्त सिलिण्डरहरु  हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    रुपन्देही लगायत विभिन्न जिल्लामा संचालन गरिएको मानव अधिकार तथा शान्ति समाजको ‘अक्सिजन सिलिन्डर जुटाउँ–जीवन बचाउं’ भन्ने अभियान अन्तर्गत सिलिण्डर संकलन गरिएको र उक्त सिलिण्डर मन्त्रालयमार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण हुने विश्वास गरिएको छ । 

    सिलिण्डरहरु अक्सिजन बैंकका नाममा ठाँउठाँउमा जम्मा गर्दा र संचितका नाममा घरघरमा थुपार्दा अस्पतालमा छटपटाइरहेका बिरामीले अक्सिजन नपाएको र उपचार अभावमा ज्यान गुमाउनु परेका भन्ने गुनासो आएकाले यो अभियान संचालन गरिएको मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले बताए । 

    यसै सन्दर्भमा समाजको टोलीले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र खनाल तथा कोरोना विशेष अस्थायी अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकसंग अस्पतालमै पुगेर छलफल गरेको छ । छलफल अक्सिजनको सुलभ आपूर्ति, संक्रमित बिरामीको चाप व्यवस्थापन, एचडीयू आइसीयू संख्या वृद्धि, सरकारी संयन्त्र र संक्रमितको उपचारमा अस्पतालहरुको प्रोटोकलको एकरुपता, आइसोलेशन सेन्टरहरु र अस्पतालसंगको सहकार्य, स्वास्थकर्मीहरुको आवास व्यवस्थापन लगायतका विविध विषयमा केन्द्रित रहेको थियो ।188724050_10215147625522542_5213161444973383387_n.jpg

    छलफलमा चिकित्सकहरुको तर्फबाट नागरिक संस्थाहरुको क्रियाशिलताले महामारीमा सिपाही बनेर अग्रपंक्तिमा लडिरहेका स्वास्थकर्मीको  मनोबल उच्च हुने हुँदा सक्रियताको निरन्तरता अपेक्षा समेत गरिएको थियो । छलफलमा शान्ति समाजका अभियानकर्मीहरु  लालहरि पाण्डे, हरिश ढकाल, कमला पाण्डे लगायतको सहभागिता रहेको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij