images

शुक्रवार, बैशाख २१ गते २०८१

महामारीमा निरन्तर सेवामा जसपा युवा नेता विश्वकर्मा

महामारीमा निरन्तर सेवामा जसपा युवा नेता विश्वकर्मा

images
images
images
शनिवार, जेठ ८ २०७८
शनिवार, जेठ ८ २०७८
  • महामारीमा निरन्तर सेवामा जसपा युवा नेता विश्वकर्मा

    भैरहवा, ८ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता कृष्ण विश्वकर्मा प्राय अस्पताल परिसरमा भेटिन्छन् । उनी बिरामी भइ उपचार गराउनको लागि अस्पताल पुगेका होइनन्, न त उनी बिरामी कुरुवा नै हुन । उनी बिरामीको स्वास्थ्य अवस्थाबारे बुझ्न र केही सहयोग गर्न सक्छु भन्ने उद्देश्यले दिनरात अस्पताल पुगिरहन्छन् । अहिले अस्पताल कोरोना संक्रमित बिरामीले भरिभराउ छ ।

    images
    images
    images

    २४ वर्षिय युवा नेता विश्वकर्मा दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएसंगै खास गरी भैरहवास्थित भीम अस्पतालमा खटिएका छन् । उनी बेलाबेलामा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) पनि पुग्छन् । पेशाले निर्माण श्रमिकको रुपमा कार्यरत उनी अहिले निषेधाज्ञाका कारण प्राय सबै क्षेत्र ठप्प भएपछि विरामीको सेवामा खटिएका छन् । उनी स्वास्थ्यकर्मी भने होइनन् । तर उपचारको क्रममा समस्या भएका बिरामीको अवस्थाबारे बुझेर उनले समस्या समाधान गर्ने प्रयत्न गर्छन् ।

    received_965436757545609.jpeg

    कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।  निषेधाज्ञा जारी भएपछि नागरिक घरमा छन् । कोरोना संक्रमित बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । बिरामीलाई पानी दिनेदेखि अक्सिजन सिलिण्डर पुर्याउने समेत गरेका विश्वकर्माले आफूले यस्तो काम गर्ने लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सन्तोष कुमार पाण्डेय र जसपा सिद्धार्थनगर इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.) बाट प्रेरणा पाएको बताउँछन् । गत वर्ष लकडाउन सुरु भएपछि माननीय सन्तोष पाण्डेय, बी.एन. गुप्ता लगायतका नेताहरु नागरिकको सेवामा खटिनुभयो, गत वर्ष प्रदेशसभा सदस्य मात्र रहेका पाण्डेय अहिले मन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि पनि उत्तिकै सेवामा लाग्नुभएको, मन्त्री पाण्डेयसंगै नेता गुप्ता पनि निरन्तर सेवामा लाग्नुभएको छ, उहाँहरुबाट प्रेरणा पाएको छु, अहिले मलाई विरामीको सेवा गर्न पाउँदा गर्वको अनभुति हुन्छ, ’विश्वकर्माले भने । ‘पाण्डेय र गुप्तासहित अन्य नेता तथा कार्यकर्ता, समाजसेवी, संघ–संस्थाका प्रतिनिधि पनि नागरिकको सेवामा लाग्नुभएको छ, सबै धन्यवादका पात्र हुनुहुन्छ, ’उनले भने । महामारीको रोकथामको लागि सरकारको एक्लो प्रयासले मात्र नहुने भएकोले महामारीविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।

    received_2269495199854373.jpeg

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ निवासी विश्वकर्मा २०७४ सालको संसदीय निर्वाचन पश्चात तत्कालिन संघीय समाजवादी फोरम नेपालमा आबद्ध भएको बताए । निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट सन्तोष कुमार पाण्डेय निर्वाचित भइसकेपछि उहाँको क्रियाशिलता देखेर सोही पार्टीमा रहेर नागरिकको सेवा गर्ने मनसायले पार्टीमा आबद्ध भएको उनको भनाइ छ । हाल उनी जसपा सिद्धार्थनगर समितिको सदस्यको जिम्मेवारीमा छन् ।

    ‘पार्टीको आन्तरिक विवादमा सामाजिक संजालमा बहस गर्नुहुँदैन’

    FB_IMG_1621658192945.jpg

    जसपा युवा नेता कृष्ण विश्वकर्मा सबैको एउटै प्रकारको विचार नभएकोले पार्टीमा विवाद भइहाले पनि सामाजिक संजाल फेसबुक लगायतका माध्यममा त्यसबारे बहस गर्नु ठीक नभएको बताउँछन् । ‘सबै पार्टीमा एकखाले विवाद छ, तर त्यो विवादबारे पार्टीको बैठकमा छलफल गर्नुपर्छ, अहिले ती विवादलाई थाती गरेर जनताको सेवामा जुट्नुपर्छ, आज नागरिकको सेवा गर्न नसके कहिले गर्ने, ’उनले भने । अहिलेको विषम परिस्थितिमा जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने विश्वकर्माको भनाइ छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij