images

शुक्रवार, बैशाख २१ गते २०८१

महामारीमा विपन्न परिवारलाई राहत बाड्दै ‘युथ फर गुड’ नेपाल

महामारीमा विपन्न परिवारलाई राहत बाड्दै ‘युथ फर गुड’ नेपाल

images
images
images
शनिवार, जेठ ८ २०७८
शनिवार, जेठ ८ २०७८
  • महामारीमा विपन्न परिवारलाई राहत बाड्दै ‘युथ फर गुड’ नेपाल

    भैरहवा, ८ जेठ । 
    दोस्रो लहरको कोरोना भाइरस संक्रमण नेपालमा तीव्र रुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण उद्योग, व्यवसाय, कलकारखाना, शैक्षिक, बैंक तथा वित्तीय संस्था, यातायात लगायतका क्षेत्र बन्द छन् । उद्योग व्यवसाय बन्द भएपछि खास गरी दिनभरी काम गरेर बिहान सांझको छाक टार्ने विपन्न तथा मजदूर परिवार मर्कामा परेका छन् । चाहेर पनि यतिबेला काम गर्न उनीहरु सक्दैनन् । यस्तो अवस्थामा बिहान सांझको छाक टार्न समस्या हुने नै भयो ।

    images
    images
    images

    यही अवस्थालाई मध्यनजर गर्दै युथ फर गुड नेपालले विपन्न परिवारलाई राहत वितरण गरिरहेको छ । संस्थामा आबद्ध सदस्यहरुले सामाजिक संजालमा समस्यामा परेका विपन्न परिवारलाई सम्पर्क गर्न मोबाइल नम्बर दिएर राहत सामग्री लिन आग्रह गरेका छन् । सामाजिक संजालमा पोष्ट भएपछि अहिले यो सन्देश हेरेपछि थाहा नभएकालाई पनि जानकारी गराउँदै आएका छन् ।

    ‘युथ फर गुड’ नेपालका सदस्यहरुलाई फोन आएपछि परिवारको आर्थिक अवस्थाबारे पहिचान गछौं, अनि आवश्यक अनुसार दाल, चामल, तेल लगायतका खाद्यान्न सामग्री वितरण गर्छौैं,’ संस्थाका रुपन्देही उप क्षेत्रीय प्रमुख धर्मनन्दन यादवले भने । निषेधाज्ञाका कारण कोही पनि भोको बस्नुहुँदैन भन्ने उद्देश्यले संस्थाले राहत वितरण कार्य गरेको उनले बताए ।  

    निषेधाज्ञा जारी भएको केही दिन लगत्तै संस्थाले खाद्यान्न सामग्री वितरण गर्दै आएको यादवले बताए । २०७७ पुस २८ गते दर्ता भएको ‘युथ फर गुड’ नेपालले काठमाण्डौं, धरान, बुटवल, भैरहवा र पोखरा गरी ५० बढी परिवारलाई राहत बाड्ेको र यो कार्यलाई निरन्तरता दिदै गएको उनले बताए । ‘काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको संस्थाको विभिन्न जिल्लामा शाखा छन्, दाङमा पनि नयाँ शाखा स्थापना गर्ने क्रममा छौं, रुपन्देहीमा यो संस्थामा २० जना सदस्य आबद्ध छन्, ’उनले भने ।

    संस्थाकै सदस्यहरुबाट संकलन गरिएको रकमबाट राहत वितरण गरिदै आएको र सहयोगको लागि उद्योगी, व्यवसाय, समाजसेवीलाई पनि आग्रह गरिएको यादवले जानकारी दिए । कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव भएपछि संस्थाले खाली सिलिण्डरमा अक्सिजन रिफिल समेत गरेको उनको भनाइ छ । 

    ‘युथ फर गुड’ नेपाल एउटा स्वतन्त्र, मुनाफारहित नेपालका युवाद्वारा नेतृत्व गरिएको सामाजिक संस्था भएको उनले बताए । उनले भने, ‘यसको स्थापनाको मूल सिद्धान्त भनेको ‘स्वयंमा राम्रो परिवर्तन आएमा पुरै देशमा नै परिवर्तन गराउन सकिन्छ देशको फाइदाको लागि । त्यसैले हाम्रो आदर्श वाक्य रहेको छ, ‘हामी बदलिन्छौं र बदल्छौं’ ।186528885_507689917246069_1554220154260400344_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij