२०८३, आश्विन १३ गते

Sep 29 2026 | २०८३, आश्विन १३ गते

पूर्व राष्ट्रपति भण्डारी रुपन्देहीमा

मंगलवार , आश्विन १३, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • बुटवल, १३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको बुटवलमा स्वागत गर्नुभएको छ ।

    मदन भण्डारी फाउण्डेशनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि बुटवल आउनुभएकी भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गर्नुभएको हो ।

    एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उहाँ पहिलोपटक रुपन्देही आउनुभएको हो । यस अवसरमा एमाले रुपन्देही जिल्ला कमिटीले भण्डारीको स्वागत तथा सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो ।

    कार्यक्रममा एमालेका जिल्ला तथा प्रदेशस्तरका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताको सहभागीता थियो । भण्डारीलाई स्वागत गर्दै नेताहरूले पार्टीको वरिष्ठ नेताका रूपमा उहाँको भूमिकाको स्वागत गरेका थिए ।

    भण्डारीले बुटवलमा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा नेपालका विभिन्न टोलीसँगै विदेशी टोलीको समेत सहभागीता रहेको छ ।