२०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

ज्ञानपुञ्जमा विद्यार्थीका लागि आधारभूत समाचार लेखन कार्यशाला

बुधवार , आश्विन १४, २०८३

  • 358
    Shares
  • 358
    Shares
  • बुटवल, १४ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १३ नहरपुरस्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला मंगलबार सम्पन्न गरेको छ । 

    कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यशाला गरिएको विद्यालयले जनाएको छ ।

    विद्यार्थीहरुलाई व्यवहारिक सीप र लेखनसीपको विकासका लागि आधारभूत समाचार लेखन कार्यशाला गरिएको विद्यालयका प्रचार्य शंकर भण्डारीले बताउनुभयो । उहाँले विद्यालयले पाठ्यक्रम मात्रै पढाएर नहुने भन्दै सिर्जनशील विद्यार्थी उत्पादनका लागि कार्यशाला गरिएको जानकारी दिनुभयो ।

    प्राचार्य भण्डारीका अनुसार विद्यालयमा विद्यार्थीकै सिर्जनशीलताका लागि भित्तेपत्रिका समेत प्रकाशन सुरु गरिएको छ । सोमबार र मंगलबार गरी दुईदिन सञ्चालन भएको कार्यशालाको पत्रकार विनोद परियारले सहजीकरण गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुका लागि समाचारका आधारभूत सैद्वातिक ज्ञान तथा लेखनसिप सम्बन्धी व्यवहारिक अभ्यास गराउनुभएको थियो । कार्यशालामा सहभागी भएकामध्ये उत्कृष्ट विद्यार्थीहरुलाई थप तालिम दिने विद्यालयका सह–प्राचार्य भिम बस्नेतले बताउनुभयो । 

    पछिल्लो समय ज्ञानपुञ्जले विद्यार्थीहरुको सिकाईलाई फराकिलो बनाउन विभिन्न रचनात्मक कार्यक्रम तथा कार्यशाला गर्दै आइरहेको छ ।