२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

सांसद फखरुद्दीन खानद्वारा आइसोलेशन सेन्टरलाई अक्सिजन सिलिण्डर प्रदान

शनिवार , जेठ ८, २०७८

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, ८ जेठ । 
    लुम्बिनी प्रदेशका सांसद फखरुद्दीन खानले आइसोलेशन सेन्टरलाई अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत रहेका खानले लुम्बिनी सांस्कृतिक नगरपालिकाको आइसोलेशन सेन्टरलाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएका हुन् । उनले शनिबार उक्त सिलिण्डर लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीलाई हस्तान्तरण गरे ।

    कोरोना संक्रमितको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आइसोलेशन सेन्टरलाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको सांसद खानले बताए ।

    ‘अहिलेको विषम परिस्थितिमा कोरोना महामारीविरुद्ध लड्न हातेमालो गरेर अगााडी बढ्नुपर्छ, ’उनले भने । खान रुपन्देही क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।