२०८३, आश्विन १६ गते

Oct 02 2026 | २०८३, आश्विन १६ गते

विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

शुक्रवार , आश्विन १६, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • लुम्बिनी, १६ असोज । लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित रहेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

    शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन तथा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

    उहाँले विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमहरूलाई क्रमशः बौद्ध दर्शनतर्फ केन्द्रित गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो । अन्य विषयका शैक्षिक कार्यक्रम सञ्चालनको जिम्मेवारी भने सम्बन्धित विषयमा विशेषज्ञता भएका अन्य विश्वविद्यालयलाई दिन सकिने उहाँको भनाइ थियो ।