images

सोमवार, बैशाख २४ गते २०८१

द आर्ट अफ लिभिङ्गद्वारा भीम अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

द आर्ट अफ लिभिङ्गद्वारा भीम अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

images
images
images
शनिवार, जेठ ८ २०७८
शनिवार, जेठ ८ २०७८
  • द आर्ट अफ लिभिङ्गद्वारा भीम अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

    भैरहवा, ८ जेठ । 
    द आर्ट अफ लिभिङ्ग–नेपाल, भैरहवा लुम्बिनीले भीम अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोभिड–१९ को महामारीमा सेवा अन्तर्गत भैरहवास्थित भीम अस्पताललाई २ लाख ९ हजार ५० रुपैयाँको १० थान भरिएको अक्सिजन सिलिण्डर खरीद गरी उपलब्ध गराइएको द आर्ट अफ लिभिङ्गका, रुपन्देही जिल्ला संयोजक दिपेन्द्र प्रधानले बताए ।

    images
    images
    images

    शनिबार संस्थाले भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई उक्त सिलिण्डर हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा भीम अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवाली, द आर्ट अफ लिभिङ्गका प्रशिक्षक विष्णु पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

    त्यस्तै संस्थाले भीम अस्पतालमा उपचाररत विरामी र विरामी कुरुवालाई सांझ निःशुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ । शनिबार सुरु भएको यो कार्यक्रम जेठ १२ गतेसम्म सञ्चालन हुने दिपेन्द्र प्रधानले जानकारी दिए ।IMG-20210522-WA0017.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij