images

सोमवार, बैशाख २४ गते २०८१

खानेकुरा, पानी तथा मास्क बाड्दै रोट्रयाक्ट लुम्बिनी सिद्धार्थनगर

खानेकुरा, पानी तथा मास्क बाड्दै रोट्रयाक्ट लुम्बिनी सिद्धार्थनगर

images
images
images
आइतवार, जेठ ९ २०७८
आइतवार, जेठ ९ २०७८
  • खानेकुरा, पानी तथा मास्क बाड्दै रोट्रयाक्ट लुम्बिनी सिद्धार्थनगर

    भैरहवा, ९ जेठ । 
    सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरले सुरक्षाकर्मी, अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवालाई खानेकुरा, पानी तथा मास्क वितरण गरिरहेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निषेधाज्ञा जारी गरेपछि निषेधाज्ञाको पालना गराउन खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई बिस्कुट, दालमोट, चाउचाउ, पानी र मास्क वितरण गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष सुरज भट्टराईले बताए । त्यस्तै विभिन्न अस्पतालमा उपचाररत विरामी तथा विरामी कुरुवालाई पनि उक्त सामग्री प्रदान गरिएको भट्टराईले जानकारी दिए । 

    images
    images
    images

    १० दिने अभियान अन्तर्गत जेठ ४ गतेदेखि सुरु भएको यो कार्यक्रम जेठ १३ गतेसम्म सञ्चालन हुने क्लबका सचिव सन्दिप कसौधनले बताए ।

    यस अघि पनि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गरिएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने क्लबका पूर्व अध्यक्ष दिनेश अग्रवालले बताए ।



    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij