images

आइतवार, बैशाख २३ गते २०८१

रोहिणीमा स्थापना भयो ‘फूड बैंक’

रोहिणीमा स्थापना भयो ‘फूड बैंक’

images
images
images
आइतवार, जेठ ९ २०७८
आइतवार, जेठ ९ २०७८
  • रोहिणीमा स्थापना भयो ‘फूड बैंक’

    भैरहवा, ९ जेठ । 
    निषेधाज्ञाका कारण गाउँपालिका विपन्न परिवारको चुल्हो निभ्न नदिन रुपन्देहीको रोहिणी गाउँपालिकामा खाद्य बैंकको अवधारणा कार्यान्वयनमा ल्याइएको छ । रोहिणी गाउँ कार्यपालिकाको कार्यालय र लायन्स क्लब अफ रोहिणीको साझा पहलमा आइतबारदेखि रोहिणी गाउँपालिकामा खाद्य बैंकको स्थापना गरी यसलाई कार्यान्वयनमा ल्याइएको हो ।

    images
    images
    images

    कोरोनाका कारण लम्बिदै गरेको लकडाउनले प्रभावित हुने परिवारलाई खाद्यान्न सहयोग गर्ने गरी यस्तो अवधारणा कार्यान्वनयमा ल्याइएको रोहिणी गाउँपालिकाको अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । ‘सम्भावित संकटले अप्ठ्यारोमा पर्ने परिवारलाई जिन्सी सहयोग गर्ने हेतुले फूड बैंक स्थापना गरिएको हो,’ अध्यक्ष यादवले भने ।

    सहयोगी मन भएका तर नगद राहत दिन नसक्नेहरुले फूड बैंकमा सहयोग पठाउन सक्ने गाउँपालिकाले जनाएको छ । हाल लायन्स क्लबको २५ प्रतिशत लगानी र परिचालन तथा गाउँपालिकाले ७५ प्रतिशत लगानी गरेको यादवले जानकारी दिए ।

    लायन्स क्लब अफ रोहिणीको जिम्मेवारीमा गाउँपालिकाको ७ वटै वडाका अतिविपन्न परिवारले आवश्यकताका आधारमा राहत सामग्री लैजान सक्ने लायन्स क्लब अफ रोहिणीका अध्यक्ष देवेन्द्र यादवले जानकारी दिए । 

    खाद्य बैंकमा दाल, चामल गेडागुडि, मसला, तरकारी लगायतका दाताले वस्तु जम्मा गर्न सकिने क्लबका अध्यक्ष यादवले बताए ।
    फूड बैंक सञ्चालनका लागि गाउँपालिका तथा लायन्स क्लबले टास्क फोर्स समेत गठन गरेको छ । बैंकमा सहयोग प्राप्त गर्न समाजिक अभियान चलाउनेदेखि प्राप्त भएको खाद्यान्न गाउँपालिकाले छनोट गरेका विपन्नलाई बाँड्नेसम्मको जिम्मेवारी टास्क फोर्सलाई छ । यसमा गाउँपालिकाका कर्मचारी र क्लबका स्वयंसेवकहरु परिचालन गरिने क्लबका अध्यक्ष देवेन्द्र यादवले जानकारी दिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij