images

आइतवार, बैशाख २३ गते २०८१

आज १९३ जना संक्रमितको मृत्यु, ७९१४ नयाँ थपिए, ७६६४ संक्रमणमुक्त

आज १९३ जना संक्रमितको मृत्यु, ७९१४ नयाँ थपिए, ७६६४ संक्रमणमुक्त

images
images
images
आइतवार, जेठ ९ २०७८
आइतवार, जेठ ९ २०७८
  • आज १९३ जना संक्रमितको मृत्यु, ७९१४ नयाँ थपिए, ७६६४ संक्रमणमुक्त

    काठमाडौं, ९ जेठ ।
    पछिल्लो २४ घण्टामा १ सय ९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने करिब ८ हजार नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा नेपालमा ७ हजार ९ सय १४ जना नयाँ संक्रमित थपिएका छन भने ७ हजार ६ सय ६४ जना कोरोना जितेर घ। फर्केका छन् । 

    images
    images
    images

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसअवधीमा कुल १८ हजार ९ सय ६५ जनाको पीसीआर र ९ सय ३१ एन्टीजेन परीक्षण गरिएको थियो । डा. गौतमका हनुसार आज काठमाडौं उपत्यकामा २ हजार ८ सय २१ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ७ सय ६१, ललितपुरमा ६ सय ९४ जना र भक्तपुरमा ३ सय ६६ जना संक्रमित थपिएका छन् ।

    हिजो ८ हजार ८ सय ४८ जनाले कोरोना जितेका थिए भने १२९ जनाको मृत्यु भएको थियो। अघिल्लो २४ घण्टामा नेपालमा ८९८० जना नयाँ थपिएका थिए । केहीदिन यता संख्यामा उतारचढाव आइरहेको छ । 


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij