images

शुक्रवार, चैत्र १६ गते २०८०

रुपन्देहीमा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी पुरस्कृत

रुपन्देहीमा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी पुरस्कृत

images
images
images
आइतवार, जेठ ९ २०७८
आइतवार, जेठ ९ २०७८
  • रुपन्देहीमा उत्कृष्ट कार्य गर्ने तीन प्रहरी पुरस्कृत

    भैरहवा, ९ जेठ । 
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाभित्र कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने तीन जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महत, प्रहरी चौकी शिवपुर गोनाहाका प्रहरी सहायक निरीक्षक जितेन्द्र राय यादव र प्रहरी चौकी शान्तिबजार सुर्यपुराका प्रहरी सहायक निरीक्षक सनन्दन प्रसाद यादव रहेका छन् । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले सम्मान गरेका हुन् । 

    images
    images
    images

    आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै जिप्रका रुपन्देहीबाट संचालन गरिएको फरार अपराधी पक्राउ अभियान, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा तीनजना प्रहरीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    ‘उच्च इन्टीग्रिटी’ प्राप्तांक प्राप्त गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निर्धारण गरेको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्रव्यवसासिक गतिविधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले उनीहरुको सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै  प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरिएको हो, ’डीएसपी थापाले भने ।

    प्रहरी कर्मचारीको प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम वैशाख महिनामा उच्च इन्टीग्रिटी प्राप्त गर्ने प्रहरी कार्यालयका इञ्चार्जहरुलाई ‘हाई इन्टीग्रिटी इञ्चार्ज अवार्ड’ प्रदान गर्ने प्रदान गर्ने कार्यप्रारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij