२०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

पक्लिहवामा इन्ट्रा डोजाङ स्पिड किकिङ तेक्वान्दो च्याम्पियनसीप सम्पन्न

सोमवार , आश्विन २६, २०८३

  • 250
    Shares
  • 250
    Shares
  • भैरहवा, २६ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित पक्लिहवामा प्रथम ‘न्यू पक्लिहवा इन्ट्रा डोजाङ स्पिड किकिङ तेक्वान्दो च्याम्पियनसिप–२०२६’ (प्रतियोगिता) सम्पन्न भएको छ।

    पक्लिहवा तेक्वान्दो डोजाङको आयोजनामा आइतबार सम्पन्न प्रतियोगितामा ५६ जना खेलाडीको सहभागीता रहेको थियो । प्रतियोगितामा खेलाडीहरूले १४ स्वर्ण, १४ रजत र २८ कांस्य गरी कुल ५६ पदकका लागि प्रतिष्पर्धा गरेका थिए।

    सिद्धार्थनगर नगरपालिका–१ का वडाध्यक्ष उज्ज्वल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा भैरहवा तेक्वान्दो क्लबका प्रमुख प्रकाशमान राजभण्डारी र पक्लिहवा माध्यमिक विद्यालयका प्रधानाध्यापक वसन्त कुमार बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बेलहिया माध्यमिक विद्यालयको प्रधानाध्यापक बिना भण्डारी पाठक, इनरव्हील क्लब अफ लुम्बिनीको निवर्तमान अध्यक्ष नारायणी नेपाल, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति राकेश गुरुङ, भैरव युवा क्लबका अध्यक्ष यामबहादुर थापा, नयाँगाउँ रानीगाउँ आमा समूहको अध्यक्ष हरिमाया गुरुङ, मेउडिहवा आमा समूहको अध्यक्ष इन्दिरा बस्नेत, विद्यालय व्यवस्थापन समिति सदस्य मिनकुमारी गुरुङ, भूपू विद्यार्थी समाजको मनिषा थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशन तामाङलगायतको उपस्थिति थियो ।

    तेक्वान्दो प्रशिक्षक मोहम्मद हुसेन सुल्तानको अध्यक्षता, चेतकुमारी गुरुङको स्वागत तथा प्रतियोगिता संयोजक यमकुमारी थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    प्रतियोगिताले खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्न, खेलकुदप्रति आकर्षण बढाउन तथा तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।