२०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

रण अम्बिका शाह आँखा अस्पतालमा पाँचदिने एडभान्स रिफ्रेक्सन तालिम सुरु

सोमवार , आश्विन २६, २०८३

  • 289
    Shares
  • 289
    Shares
  • भैरहवा, २६ असोज । भैरहवा । नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह आँखा अस्पतालमा भैरहवा, रुपन्देहीमा पाँचदिने एडभान्स रिफ्रेक्सन तालिम सुरु भएको छ ।

    नेशनल इन्स्टिच्युट अफ कम्युनिटी अप्थाल्मोलोजी (निको) को आयोजनामा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानको सभाहलमा आयोजित एक समारोहबीच तालिमको उद्घाटन गरिएको हो ।

    अस्पतालको चिफ मेडिकल डाइरेक्टर प्रा. डा. सुशीला पटेलको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रा. डा. कबिन्द्र बज्राचार्य र अस्पतालका व्यवस्थापक प्रकाश रायमाझी सहभागी हुनुहुन्थ्यो ।

    उद्घाटन सत्रमा प्रा. डा. पटेल, राणा, प्रा. डा. बज्राचार्य र रायमाझीले तालिमको महत्वबारे प्रकाश पार्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले यस्ता उच्चस्तरीय प्राविधिक तालिमले आँखा उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा बिरामीलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    अस्पतालका व्यवस्थापक रायमाझीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अमर गौतमले गर्नुभएको थियो ।

    तालिममा सहभागीहरूलाई रिफ्रेक्सनसम्बन्धी आधुनिक प्रविधि, ज्ञान तथा व्यावहारिक सीप प्रदान गरिने अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिनुभयो ।